Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

356




पानी माग्ने वाहनामा यूवतीलाई करणी गरेको आरोप
loading...
पानी माग्ने वाहनामा यूवतीलाई करणी गरेको आरोप

एक शारिरिक अपाङ्गता भएकी युवतीलाई जबरजस्ती शारिरिक सम्बन्ध राखेको आरोपमा यहाँका एक युवा दुई महिनादेखि हिरासतमा छन् । प्रहरी नियन्त्रणमा रहेका जलजला गाउँपालिका वडा नम्बर २ का २२ बर्षिय दिनेश नेपालीलाई प्रमाण नपुगेको बहानामा छाड्ने षडयन्त्र भएको भन्दै युवतीका आफन्तले दबाब दिएका छन् ।
कार्तिक ६ गते बिहान घरमा कोही नभएको मौका छोपेर पिउनेपानी माग्ने बहानामा जबरजस्ती गरेका दिनेशलाई कडा कारबाही गर्नुपर्ने माग राखेर मल्लाजबासीले सदरमुकाममा दबाब दिन आएका हुन । युवतीलाई वाकवाकी हुने लगायतका समस्या देखिएपछि खोजतलास गर्दा दिनेशले जबरजस्ती गरेको गाउँलेले पत्ता लगाएका थिए ।
स्थानीय माओबादी नेता रामबहादुर नेपालीसहितले गाउँमै मिलाउन दबाब दिएपनि युवतीका परिवारले वडा कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । उजुरीपछि दिनेशलाई प्रहरीले कार्तिक १४ गते समातेको थियो । नेकपा एमाले र नेकपा माओबादी केन्द्रका नेताले गएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बामगठबन्धनले जितेमा आफुहरुले दिनेशलाई कारबाही नगरी निर्दोश बनाएर निकालिदिने भन्दै मत मागेको युवतीका आफन्तले बताएका छन् ।
बामगठबन्धनले जितेपछि युवतीमाथि जबरजस्ती गर्ने दिनेश उम्कने हो की भन्दै गाउँलेहरु प्रहरीप्रशासनलाई दबाब दिन सदरमुकाम आएका छन् । राम्रोसँग बोल्नसमेत नसक्ने युवतीलाई घरमै आएर जबरजस्ती गर्नेलाई कडा कारबाही गर्नुपर्ने युवतीकी एक आफन्त महिलाले बताइन । ‘चुनावमा जसरी पनि हामी निकाल्छौ, हामीलाई जिताउनुस् भनेर भोट मागेका थिए, कतै निकाल्ने त होइनन् भनेर दबाब दिन आएका हौ’ ती महिलाले भनिन् ।
पीडित युवतीका दाजुले विभिन्न दबाब आएपनि न्याय खोज्दै प्रहरीसम्म पुगेको बताए । ‘विभिन्न लोभलालच देखाइए तर यस्तो जघन्य अपराध ढाक्नुहुदैन भनेर न्याय खोज्दै अगाडी बढेका हौ’ उनले भने । उता जिल्ला प्रहरी कार्यालय पर्वतले भने आरोपितलाई पक्राउ गरी अनुसन्धान जारी रहेको बताएको छ । ‘आइतबारसम्म पर्वत जिल्ला अदालतमा म्याद थप गरेका छौ’ जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले भने–‘अव अदालतमा पुगिसकेकाले दोषीले कारबाही भोग्नुपर्छ ।’
कार्तिक ६ गते बिहान युवतीका आमा बेनीबजार गएकी थिइन् । बाबु घाँस काट्न गएका थिए । युवतीलाई खाना बनाउन परिवारले अह्राएका थिए । तर, दिनेशले परिवारका सदस्यलाई युवतीसँग सोधेपछि घरमा नभएको बताएपछि खानेपानी मागेको र पानी गाग्रीबाट सार्नेक्रममा उसले ढोका बन्द गरेर जबरजस्ती गरेको बहिनीले बताएको युवतीका दाजुले बताए ।
‘केही दिन बहिनी बोल्दापनि बोलिन, सुतेको सुत्याई गरी, के बिरामी भई भनेर खोज्दा यस्तो पत्ता लाग्यो’ युवतीका दाजुले बताए । शारिरिक अपाङ्गता भएकी युवतीलाई जबरजस्ती गर्ने युवक छुटेमा गाउँका अन्य महिला समेत असुरक्षित रहेको भन्दै गाउँका महिलाहरुले कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।आजको नागरिक दैनिकमा खबर रहेको छ । 

Nagariknews
सम्बन्धित समाचार (जलजला गाउँपालिका )