गुफा दैनिक पूजा र पर्यटक आगमनले आर्कषणको केन्द्र बनेको छ। गुफामा पूजा सुरु भएपछि भित्रका शिला र मूर्ति संरक्षण थालिएको छ। श्रद्धालुको सहयोगले गुफा व्यवस्थापनमा सहयोग पुग्ने गरेको समितिका सदस्य प्रनिश गिरि बताउँछन्। पहिले गुफामा सुरक्षाद्वार थिएन। गुफाभित्रका शिला एवं सामान तोडफोड र चोरी हुने गरेको थियो
Author
Roshan Tiwari
Correspondent, ParbatNepal
7 years ago
5170
'गुप्तेश्वर गुफा' नाम एक, परिचय अनेक
रत्नबहादुर कार्की, दलबहादुर राना, सर्वजीत जोशी, बलभद्र गिरि र रुपनारायण श्रेष्ठ कालिगण्डकीमा पौडी खेलेर फर्किइरहेका थिए। त्यही क्रममा उनीहरूले ठूलो झाडीभित्र ओडार देखे। विसं १९९१ मा तिनै पाँच युवाले पत्ता लगाएको गुफाले अहिले 'गुप्तेश्वर गुफा' नाम पाएको छ। पर्वतको सदरमुकाम कुश्मा बजारको उत्तर–पश्चिम कालीगण्डकी तटमा अवस्थित यो अनौठो गुफा बजारबाट आठ सय मिटरको दुरीमा छ। भालु दुलोका रूपमा चिनारी पाएको गुफाले विसं २००० तिर गुप्तेश्वर नाम पाएको हो।
सत्ययुगमा देवता गुप्तरूपले बस्ने गरको र पार्वतीले महादेव स्वामी पाउन घोर तपस्या गरेको विश्वासका साथ गुफाको नाम 'गुप्तेश्वर' नामकरण गरिएको हो। गुफाभित्र ढुंगामा बनेका लौकिक, अलौकिक आकृतिले मन लोभ्याउँछ। गुफामा प्राकृतिक रूपमा निर्मित शिव, पार्वती, विष्णु, लक्ष्मी, सरस्वती, शेषनाग, सुमेरु पर्वत, भगवती बाहन, कलश, कामधेनु, गरुड देवता, कछुवा अवतार, गोवर्धन पर्वत, कृष्णलीला आदि देवदेवीको आकृति नै हुन्। भगवानका यी अनेकौं आकृति देख्दा जोकोही नास्तिक पनि नास्तिकपन बिर्सन्छन्।
गुफालाई सबैको गन्तव्य, पहुँचमा पुर्यानउन र संरक्षण गर्न ०४३ सालमा 'गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्था' स्थापना गरिएको छ। गुफा सबैका लागि पूजा र दर्शनको मार्ग बनेको छ। ०१६ सालमा तत्कालीन राजा महेन्द्रको भ्रमणले पनि गुफा प्रचारमा विशेष सहयोग पुगेको गुफा समितिका पूर्व अध्यक्ष केशवबहादुर श्रेष्ठ बताउँछन्।

गुफा दैनिक पूजा र पर्यटक आगमनले आर्कषणको केन्द्र बनेको छ। गुफामा पूजा सुरु भएपछि भित्रका शिला र मूर्ति संरक्षण थालिएको छ। श्रद्धालुको सहयोगले गुफा व्यवस्थापनमा सहयोग पुग्ने गरेको समितिका सदस्य प्रनिश गिरि बताउँछन्। पहिले गुफामा सुरक्षाद्वार थिएन। गुफाभित्रका शिला एवं सामान तोडफोड र चोरी हुने गरेको थियो
गुफा दैनिक पूजा र पर्यटक आगमनले आर्कषणको केन्द्र बनेको छ। गुफामा पूजा सुरु भएपछि भित्रका शिला र मूर्ति संरक्षण थालिएको छ। श्रद्धालुको सहयोगले गुफा व्यवस्थापनमा सहयोग पुग्ने गरेको समितिका सदस्य प्रनिश गिरि बताउँछन्। पहिले गुफामा सुरक्षाद्वार थिएन। गुफाभित्रका शिला एवं सामान तोडफोड र चोरी हुने गरेको थियो
अहिले गुफालाई सिमेन्टेड वाल र प्रवेशद्वारलेे व्यवस्थित बनाइएकोे छ। गुफा संरक्षणमा लागेको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाले भक्तजनको सुविधाका लागि आवतजावत गर्न सिमेन्टेड सिँढी र सत्तल निर्माण गरिरहेको छ। आर्किटेक्ट इन्जिनियरिङमार्फत हाल गुफाको स्वरूपमा केही फेरबदल गरिएको छ। यसले पुरानो प्राकृतिक गुफाको स्वरूपमा असर पुर्यारएको देखिन्छ।
सरकारी, गैरसरकारी संघ–संस्थाको पहलमा गुफा परिसरभित्र राधाकृष्ण मन्दिर, भजन मण्डप, दुईतले ढलानसहितको सत्तल, डाँडामा महावीर मन्दिरजस्ता साना–ठूला मन्दिर निर्माण गरिएको छ। गुफामा सयौंको संख्यामा चमेराको बासस्थान छ।
भूपि राजमार्गछेउ दुई स्थानबाट गुफासम्म पुग्न सिँढी, रेलिङसहितको पक्की बाटो निर्माण गरिएको छ। माथि डाँडामा महावीरको मूर्तिसहित गायत्री मन्दिर, वेद वेदांग संस्कृत पाठशाला सञ्चालन गरिएको छ। वेदांग पाठशालामा दुई शिक्षक र ४० छात्र छन्। शिक्षक, विद्यार्थीका लागि आवश्यक खाद्यान्न, भाँडावर्तन गुप्तेश्वर गुफामा बसेका नांगा बाबा शिव गिरिबाट प्राप्त भइरहेको शिक्षक पद्मराज रेग्मी बताउँछन्।
प्रवेशद्वार एउटैमात्र भए पनि प्रवेशपश्चात गुफाभित्र धेरै मार्ग छन्। गुफा तीन तलामा फैलिएको छ। गुफाको खास लम्बाइ यति नै हो भनेर किटानसाथ भन्न सकिँदैन तापनि मूलमार्ग अर्न्तगतको लम्बाइ करिब १,२०० मिटर र ५० मिटर चौडा भएको गुफाका पुजारी खेमराज आचार्य बताउँछन्।
गुफाको तीन तह पार गरिसकेपछि काठको भर्यारङ भेटिन्छ। भर्यानङ पार गरिसकेपछि माथिल्लो भागमा प्रवेश गर्न केही अप्ठ्यारो छ। पहिले–पहिले गुफाभित्र चम्कने ढुंगा धेरै थिए र समय क्रममा ढुंगाको चमक क्रमशः हराउँदै गयो। अहिले गुफाभित्र उज्यालोका लागि बिजुली व्यवस्था गरिएको गुफा संरक्षण समितिका अध्यक्ष बालगोपाल श्रेष्ठ बताउँछन्। भिरालो भू–बनोटले गुफालाई फराकिलो बनाउन नसकिएको र गुफा परिसरको जग्गा विस्तार गरी गुरुयोजना बनाएर काम थालनी गरिएको उनको भनाइ छ।
गुफाभित्र पानी बगिरहने हुनाले बाटो चिप्लो छ। हिँड्न सजिलो बनाउन ढुंगा छापिएको छ। विकासका लागि विभिन्न स्रोतबाट रकम जुटाउने काममा समिति लागिपरेको समिति सदस्य प्रनिश गिरि बताउँछन्। श्रेष्ठका अनुसार पहिलेको तुलनामा गुफा विकास र विस्तार तीव्र भइरहेको छ, यद्यपि आर्थिक संकटले समिति समस्यामा परेको छ।
गुफामा एकैपटकमा पाँच सय जनासम्म ओहोरदोहोर गर्न सक्छन्। कुश्मा बजार र यसको छेउछाउका जग्गा धनीहरूले गुफा विस्तारका लागि यससँग जोडिएका केही जग्गा दान गरेका छन्। गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाले गुफालाई कुश्मा बजारदेखि बाग्लुङ बलेवासम्म सञ्चालित यान्त्रिक पुलको बिन्दुसम्म जोड्ने अर्को मार्ग खोल्ने आह्वान गरेको छ। त्यस्तै कालिगण्डकी करिडोर राजमार्गसँग पनि यसलाई जोड्ने योजना समितिले बनाएको छ।
गुफामा हरेक दिन भिड लाग्छ। भेटी र दानले नित्य पूजा चल्दै आएको छ। मन्दिर प्रवेशका लागि प्रवेश शुल्क तिर्नुपर्छ। मनोरम प्राकृतिक छटा र अनौठा आकृतिले भरिपूर्ण गुफामा शिवरात्रि, बालाचर्तुदशी, एकादशी, साउन र तीजमा हप्तौंसम्म मेला लाग्छ।
गुफा दर्शनले दुःखबाट मुक्ति, आपतमा बचाउने, सन्तान नहुनेलाई सन्तान मिल्नेलगायत मनोकांक्षा पूरा हुने विश्वास छ। धार्मिक दृष्टिले गुफा प्रवर्द्धन गर्नु एउटा अवधारणा भए पनि वैज्ञानिक अध्ययनका लागि खुला गर्नु उपयुक्त देखिन्छ। खान र बस्न समस्या छैन। कुश्मा बजारमा सुविधायुक्त होटल, लज र रेस्टुरेन्ट छन्।
लेखक : आरके अदीप्त गिरी
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2681
सम्बन्धित समाचार ( पर्यटन/घुमफिर)
Kokhe Danda Trek
2681
आकर्षण छहरे झरना
3487
Parbat@ Social Media
2838
Kushma Bazaar
2656
