Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 months ago

224




पर्वतमा सम्पन्न म्याराथुनको उपाधी ठकुरीलाई
loading...
पर्वतमा सम्पन्न म्याराथुनको उपाधी ठकुरीलाई


रोशन तिवारी मंसिर २० पर्वत । पर्वतमा हाफ म्याराथुन प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी ईन्द्रावती गाउँपालिका –६  सिन्धुपाल्चोकका गणेशसिँह ठकुरीले प्राप्त गर्नुभएको छ । ५४ जना सहभागी भएको प्रतियोगितामा पहिलो भएर ठकुरीले नगद ७५ हजार, शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार हात पार्नुभयो । 

२१ किलोमिटर लामो दौड ठकुरीले १ घण्टा १० मिनेट ३ सकेण्डमा पुरा गर्नुभएको थियो । मोदी गाउँपालिका ७ राम्जा स्थित पशुपती माविले स्वर्णमहोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । 

उक्त प्रतियोगितामा धनगढी १७ कैलालीका किरणसिँह ठकुरी दोस्रो भएर नगद ५० हजार पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र पाउनुभयो भने महाकुलुङ गाउँपालिका ८ सोलुखुम्वुका सुमन कुलुङ राईले तेस्रो स्थान हासिल गरि २५ हजार नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले विजयी भएका खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो । 


सम्बन्धित समाचार (जिल्ला )