Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 months ago

156




पर्वतमा हाफ म्याराथुन,ठकुरीलाई उपाधी
loading...
पर्वतमा हाफ म्याराथुन,ठकुरीलाई उपाधी

मंसिर २२, पर्वत । पर्वतमा हाफ म्याराथुन प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी ईन्द्रावती गाउँपालिका –६  सिन्धुपाल्चोकका गणेशसिँह ठकुरीले प्राप्त गर्नुभएको छ । 

५४ जना सहभागी भएको प्रतियोगितामा पहिलो भएर ठकुरीले नगद ७५ हजार रुपैयाँ पुरस्कार हात पार्नुभयो । २१ किलोमिटर लामो दौड ठकुरीले १ घण्टा १० मिनेट ३ सकेण्डमा पुरा गर्नुभएको थियो ।

 मोदी गाउँपालिका ७ राम्जा स्थित पशुपती माविले स्वर्णमहोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । 

उक्त प्रतियोगितामा धनगढी १७ कैलालीका किरणसिँह ठकुरी दोस्रो भएर नगद ५० हजार पुरस्कार पाउनुभयो भने महाकुलुङ गाउँपालिका ८ सोलुखुम्वुका सुमन कुलुङ राईले तेस्रो स्थान हासिल गरि २५ हजार नगर पुरस्कार प्राप्त गर्नुभयो । 



सम्बन्धित समाचार ( स्थानीय तह)