Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2348




पर्वतमा कोरोनाका बिरामीलाई रोग प्रतिरोधात्मक आर्युवेदीक औषधी वितरण
पर्वतमा कोरोनाका बिरामीलाई  रोग प्रतिरोधात्मक आर्युवेदीक औषधी वितरण

२२ असार, पर्वत । पर्वतको मोदी गाउँपालिकाले कोरोना संक्रमण पुष्टि भई अस्थायी कोरोना अस्पतालमा उपचाररत बिरामीहरुका लागि रोग प्रतिरोधात्मक आर्युवेदीक औषधीहरु हस्तान्तरण गरेको छ । पर्वतको सिसीएमसीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रोटोकल अनुसारका औषधी हस्तान्तरण गरिएको हो । सोमवार एक कार्यक्रमका बीच मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई औषधीहरु हस्तान्तरण गर्नुभएको हो ।

मोदी गाउँपालिकाको आर्युवेदिक स्वास्थ्य शाखा मार्फत उपलव्ध भएका अस्वगंन्धा चुर्ण ६० प्याकेट, गुडुची चुर्ण ६५ प्याकेट, त्रिकुट चुर्ण ६५ प्याकेट, च्यावान्प्रास ६५ वटा र तुलसी चिया ६० वटा हस्तान्तरण गरिएको मोदी गाउँपालिकाका स्वास्थ्य शाखाका कविराज प्रकाशचन्द्र सुवेदीले जानकारी दिनुभयो । आज बितरण गरीएको औषधिहरु करीब १ लाख मुल्य बराबरको रहेको पनि उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)