Author
ParbatNepal

Contributor, ParbatNepal

11 months ago

382




पर्वत समाज कतारको अध्यक्षमा सबिन्द्र श्रेष्ठ चयन
loading...
पर्वत समाज कतारको अध्यक्षमा सबिन्द्र श्रेष्ठ चयन

पर्वत पर्वत समाज कतारको अध्यक्षमा सबिन्द्र श्रेष्ठलाई चयन हुनुभएको कतारमा भएको चौथो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो

अधिवेशनले समितिको प्रथम उपाध्यक्षमा श्याम न्यौपाने, द्धितिय उपाध्यक्षमा बिक्रम कुबंर, सचिवमा शेषराज तिमिल्सिना कोषाध्यक्षमा संजय तिवारी चयन हुनुभएको यस्तै सदस्यहरुमा मिलन पौडेल, जगदिस शर्मा, सन्दीप पौडेल गौतम कार्की चयन भएका छन् अन्य सदस्यलाई पछि चयन गर्ने समितिले जनाएको निर्वाचन पदाधिकारीलाई निर्वाचित समितीका संयोजक डिल्लीराम भट्टराईले प्रमाणपत्र प्रदान गर्नुभएको थियो

अधिवेशनको उदघाटन गर्दै पर्वत समाज कतारका संस्थापक अध्यक्ष भुपती भट्टराईले कठिन परिस्थितिमा संस्था खोल्न सफल भएको बताए संस्थाले कतारमा छरिएर रहेका पर्वतलेहरुलाई एकिकृत गर्न सफल भएको बताउँदै निरन्तर सामजिक सेवामा सक्रिय रहन सुझाव दिनुभयो कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भट्टाराईले संस्थालाई उचाई पु¥याउन सहयोग गर्ने सम्पूर्ण सहयोगदातालाई धन्यवाद दिँदै नयाँ कार्य समितिले संस्थालाई झन उचाईमा पु¥याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो


संस्थाका निर्वतमान अध्यक्ष तथा अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहका चिन्तामणी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्वत समाज कतारका संरक्षक छबिलाल भट्टराई, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समितीका महामन्त्री अजिज अलि, नेपाली जनप्रगतीशिल मञ्चका संगठन बिभाग प्रमुख मोहन कार्की, समाजसेवि कमलमणि गुरागाइ, प्रदेश नम्बर पाँच समन्वय परिषदका कार्यबाहक अध्यक्ष ठाकुर कुमार परियार, बाग्लुङ सेवा समाजका अध्यक्ष सागर पौडेल लगाएतले पर्वत सेवा समाजले मानवीय सामाजिक सेवामा स्थापनाकाल देखि नै उल्लेखनीय भुमिका खेलेको भन्दै निरन्तरता दिन आग्रह गरेका छन्

कार्यक्रममा बिधान संसोधन उपसमितिका संयोजक अजय बिकले संस्थाका विषयमा जानकारी गराउनु भएको थियो त्यस्तै पर्वत जिल्लाको विषयमा संस्थाका पुर्व महासचीव दिलकुमार श्रष्ठले जानकारी दिनुभएको थियो संस्थाका सचिव रघुनाथ शर्माले कार्यप्रगति प्रतिबेदन सहकोषाध्यक्ष हरिप्रसाद पोख्रेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो


संस्थाका प्रथम उपाध्यक्ष आनन्द सुवेदीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन कार्यबहाक महासचिव याम केसि सचिव रघुनाथ शर्माले गर्नुभएको थियो कार्यक्रममा कतारमा कार्यरत विभिन्न सामाजिक तथा बैचारिक संघसंस्थाको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा विभिन्न सहयोगदाताहरुलाई  सम्मान गरिएको थियो

अन्तराष्ट्रिय पर्वत समाजद्धारा शुभकामना ज्ञापन

पर्वत समाज कतार चौथो अधिवेशनवाट चयन हुनुभएको नयाँ कार्य समितिलाई अन्तराष्ट्रिय पर्वत समाजले शुभकामना दिएको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरान गिरीले एक बिज्ञाप्ती जारी गदै नयाँ कार्य समितिले पर्वतमा छरिएर रहेको पर्वतेहरुलाई एक ठाउँमा ल्याउन सफल भएको बताउँदै जिल्लाको समृद्धि विकास थप टेवा पुग्ने बताउनु भयो

 

 

सम्बन्धित समाचार ( प्रवास)