Author
समीर रेग्मी
समीर रेग्मी

Contributor, ParbatNepal

7 years ago

2589




पर्वतको संक्षिप्त जानकारी
पर्वतको संक्षिप्त जानकारी

पर्बत जिल्लाबारे संक्षिप्त जानकारी


 पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो। विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले ‘पर्वत’ अन्य जिल्ला भन्दा अगाडी छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन्। हरेक वर्ष एस.एल.सी. उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ। यो नेपालको चौथो सानो जिल्ला हो | धौलागिरी अञ्चलका चार जिल्ला मध्येको एक पर्वतको सिमाना कास्की, स्याङ्जा, बाग्लुङ र म्याग्दीसँग जोडिएको छ। ४ सय ९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्वतमा १ लाख ५७ हजार ८ सय २६ जनसंख्या रहेको पछिल्लो जनगणनाले देखाएको छ।पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार हो। जिल्लाका ५५ गाविसमध्ये ५३ गाविसलाई कच्चि नै भएपनि मोटरबाटोले जोडेको छ। मोदीखोला जलविद्युत आयोजना सञ्चालनमा आएदेखि जिल्लामा बिद्युतिकरणले तिव्रता पाएको छ। नजीकैको पर्यटकीय सहर पोखरा र विश्व प्रख्यात पैदलयात्रा क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रलाई लक्षित गरेर जाने पर्यटकलाई आर्कषित गर्न सके यो सानो-सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन।पर्वत जिल्लामा अहिलेसम्म धेरै नै नगरपालिका भएको छ। सदरमुकाम कुस्मा बजार नै यहाँको मुख्य बजार हो। फलेबास, कार्कीनेटा, लुंखु, वल्लो बेनीत्रिबेणि, हुवास जस्ता स्थान मुख्य ब्यपारिक केन्द्र हुन।कुस्मा बजार नजीकै रहेका प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफा र मोदीवेनी देशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र हुन। शिवरात्री, ठुली एकादशीरबालाचर्तुदशी जस्ता पर्वमा यहाँ भक्तजनको भिड लाग्छ। पन्चासे र डहरेको लेक यस क्षेत्रका संभावना बोकेका पर्यटकिय स्थल हुन भने दक्षिणि भेगमा अवस्थित शालिग्राम शिला उत्तिकै प्रसिद्ध छ।कृषि यहाँका बासिन्दाको मुख्य पेशा हो। प्रायः कृषकहरू परम्परागत खेती प्रणालीमै निर्भर छन्। बैज्ञानिक खेती प्रणालीको अभावमा मेहेनत अनुसारको आय गर्न मुस्किल छ। कृषि बाहेक सरकारी सेवा र बैदेशिक रोजगारीमा लाग्नेको संख्या पनि धेरै छ।


जिल्लाको नामाकरण 


 धार्मिक प्रमाणको आधारमा यस जिल्लालाई जगतमाता पार्वतीको जन्मस्थान मानिएको छ। पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ्ग गा. वि.स. भएको भन्ने प्रमाणको आधारमा पर्वत नामाकरण भएको पाइन्छ। परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भनिन्थ्यो भन्ने किम्वदन्ती रहेको पाइन्छ।


जिल्लाको इतिहास 


इतिहासका पन्नामा नजर डुलाउँदा राजा मलेबमका पालामा शक्तिशाली चौविसे राज्य पर्वत उत्तर भोट देखि दक्षिण गुल्मी र गल्कोट पूर्वमा मोदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भयो। त्यतिबेलाको गण्डकी क्षेत्रको एक शक्तिशाली चौबिसे राज्य वि.सं. १८४४मा नेपाल राज्यमा विलय भएको थियो। (नेपालको इतिहास) यसरी पुरानो इतिहास अध्ययन गर्दाको पर्वत र वर्तमान पर्वत जिल्लाको तुलनात्मक दृष्टिमा सानो सिमानामा नियन्त्रित भएको छ। क्षेत्रफलको हिसाबले नेपालको राजधानी काठमाडौं, ललितपुर र भक्तपुर पछिको चौथो सानो जिल्लामा सिमित पर्वतको कुल क्षेत्रफल ४९४ व.कि.मि. केन्द्रिय तथ्याङ्क विभागका अनुसार रहेको छ।


भौगोलिक अवस्थिति 


विकास क्षेत्र: पश्चिमाञ्चलअञ्चल: धौलागिरी अञ्चलअक्षांश: २७.५८’ देखि २८.३९’ उत्तरी अक्षांशदेशान्तर: ८३० ३३’ ४०’’ देखि ८३० ४९’ ३०’’ पूर्वी देशान्तरसिमाना: पूर्वमा कास्की र स्याङ्जा, पश्चिममा बागलुङ र म्याग्दी, उत्तरमा म्याग्दी र दक्षिणमा स्याङ्जा, र गुल्मी जिल्लासबभन्दा अग्लोस्थान: ३३०९ मिटर (हम्पालको लेक)सबभन्दा होचोस्थान: ५२० मिटर (सेतीवेणी)पर्वत जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको मध्य पहाडी जिल्ला हो। यो नेपालका ७५ जिल्ला मध्ये चौंथो सानो जिल्ला हो। पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रूपमा चिनिन्छ। विश्व मानचित्रमा पर्वत २८ डिग्री ००’ १९” देखि २८ डिग्री २३’ ५९” अक्षांस र ८३ डिग्री ३३’ ४०” देखि ८३ डिग्री ४९’ ३०” देशान्तरमा रहेको छ। यस जिल्लाको कूल क्षेत्रफल ५३६.८६ वर्ग किलोमिटर रहेको छ। उचाईका हिसावले समुन्द्री सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखि ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ।यस जिल्लाका रमणीय लेकाली चुचुराहरूमा उत्तरी भागमा पर्ने हम्पाल र लोप्रेका लेकहरू मध्य भागका पञ्चासे, डहरे तथा दक्षिणी भागका चिसापानी र गोर्ल्याङ्ग पर्वत जिल्लाका अग्ला चुचुराहरू हुन्। जहाँ शिशिरमा हिउंले ढाक्ने र वसन्तलाई लेकाली जडीवुटी, वन्य जन्तु र लालीगुरांस लगायतका धेरै सुन्दर फुलहरूले सिंगारीरहेका हुन्छन्। यी चुचुराहरूबाट उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खला र टाढा-टाढाका मनमोहक दृष्य तथा विहानीको सूर्‍योदयको सुन्दरताले पर्यटकहरूलाई मन्त्र मुग्ध पार्ने हुँदा पर्यटन विकासको सम्भावना त्यत्तिकै छ।कुश्माको गुप्तेश्वर गुफा, ज्ञादीको अलपेश्वर गुफा, पाङ्गको भुवनेश्वरी गुफा, वर्राचौरको सितलपाटी गुफा, लुंखुको चनौटे भिर मुनीको ढाउ गुफा यस जिल्लाका प्रसिद्ध गुफाहरू हुन भने धार्मीक तथा प्रयटकिय दृष्टिले मोदीवेनीको नरसिंह मन्दिर, सेतीवेणीको शालिकग्राम शिला, धाईरिङ्गको भुमे, लुंखु चिसापानीको कालिका देवी मन्दिर, कुश्मा, आर्थर र भोर्लेका बौद्ध गुम्बाहरू, ठुली पोखरीको वाटुलेचौर, होश्रादीको पैंयुकोट र धुवाकोटको ऐतिहासिक दरवार तथा किल्ला, माझफांटको कर्र्णोलको दरवार, तथा लुंखुको महाशिला (मेलढुङ्गा) महत्वपूर्ण मानिन्छन्।




NA
सम्बन्धित समाचार (जिल्ला )