Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 months ago

375




पर्वत–कटुवाचौपारीको एक चिनारी
loading...
पर्वत–कटुवाचौपारीको एक चिनारी

पर्वत पर्वत जिल्लाको कुश्माबजारमा नजिकै रहेको कुश्मानगरपालिका स्थित ज्ञादी कटुवाचौपारी पर्यटनको सम्भावनै सम्भावना बोकेको ठाउँ हो

वरिपरि पहाड बिचमा सम्मपरेको फाँट ठाउँठाउँमा शान्त वातावरणमा घुम्न रमाईलो गर्न सकिने ठाउँको रुपमा विकास हुदै गईरहेको सदरमुकाम कुश्माबजारसँगै जोडिएको यो ठाउँबाट हिमाल देखि पहाड, गाउँ देखि शहर सबै अवलोकन गर्न सकिन्छ


यस क्षेत्रमा रहेको मानव निर्मित कुश्मा ज्ञादी अग्लो झोलुङ्गे पुल, निर्माणको क्रममा रहेको खरेहा अधिकारी फाँट अग्लो झोलुङ्गे पुल, प्राकृतिक रुपमा रहेको करिब सय किलोमिटरको अलपेश्वर गुफा, हटिया चौर, पहाडको डिष्कोमा अवस्थित पाठेश्वरी मन्दिर, रमणिय दृश्य देखिने मलामिडाँडा, सहरीकरण हुदै गएको कटुवाचौपारी फाँट उत्तर तर्फ देखिने सेतै टल्केका हिमाल धौलागिरी, अन्नपूर्ण, माछापुच्छ« हिमाल यस ठाउँका मूख्य आर्कषण हुन् यस ठाउँमा पोखरा बाग्लुङ्ग सडकखण्ड नबन्दै मुस्ताङ्ग सम्म जाने विदेशी पर्यटकहरु एक दिन बिताउने गर्दथे तर हाल आएर कुश्मा ज्ञादी अग्लो झोलुङ्गे पुल बनेपछि मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल पनि बढेको हो झोलुङ्गेपुल बनेपछि यस क्षेत्रमा धुम्न पिकनिक खान आउनेक्रम बढि रहेको भने, ठुला तथा साना पर्दाका फिल्महरु पनि सुटिङ्ग स्थल पनि बन्दै गएको


प्रसस्त खाद्यन्न उत्पादनहुने जमिन भएपनि शहरीकरण पनि हुने क्रम तिब्र भईरहेको यस क्षेत्रमा विद्युत, खानेपानी, सडकको सुविधा समेत पुगेको दोविल्ला फलेवास सडक निर्माणपछि पोखरा अन्य क्षेत्रमा जानपनि सुविधा रहेको

यसक्षेत्रको मुख्य परिकार रुपमा रहेको कोदोको ढिडो गुद्रुक पिडालु, लोकल कुखुरा पाईन्छ विशेषगरि धान, मकै गहुँ तोरी, आलु, कादो उत्पादनहुने यसक्षेत्रमा गाईफर्म, कुखुरा फर्म, तरकारी फर्म बाख्रा फर्महरु संचालन भईरहेका छन् बिशेषगरी ब्रामण समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा क्षेत्री, दमाई कामी, साकीर्, नेवार समुदायको पनि बसोबास रहेको

सदरमुकाम कुश्माबजार नजिकै भएका कारण बासबस्नको लागि होमस्टे सुविधा युक्त होटलहरु निर्माणहुन सकेका छैनन् यहाँका पर्यटकिय सम्भावना बोकेका ठाउँहरुको संक्षिप्त परिचय यस प्रकार रहेको

अलपेश्वर गुफाः साविक कटुवाचौपारी कुजेविसाउनामा पर्ने यो गुफा स्थानिय युवाहरुको पहलमा करिब १० वर्ष अगाडि पत्ता लागेको हो, यो गुफा करिब सय मिटर लामो रहेको यो गुफा भित्र सजिलै सयौ मानिसहरु जानसक्छन्


गुफा भित्र अलौकिक प्रकारका ढुङ्गाका चित्रहरु देख्न सकिन्छ, गुफा भित्र चमेरा चम्किला ढुङ्गाले जनतारा लाए जस्तो देखिन्छ, यो गुफा आसपासमा मन्दिरहरु निर्माण गरिएका छन् गुफाका दृश्य अवलोकन गर्ने बाहिर निश्कन करिब आधा घण्टा लाग्छ यो गुफा धार्मिक एवं पर्यटकिय हिसावले प्रसिद्धि कमाएको

अग्लो कुश्माज्ञादी झोलुङ्गे पुलः२०६७ सालमा निर्मित उक्त ३४१ मिटर लामो १४९ मिटर अग्लो यो पुल निर्माणपछि ज्ञादि क्षेत्रका स्थानियवासीहरुलाई प्रत्यक्ष फाईदा पुगेको भने, पर्यटकियहिसावले पनि महत्वपूर्ण रहेको यसपुल हेर्न दैनिक सय देखि सय आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् यसले सदरमुकाम कुश्माबजार समग्र ज्ञादी क्षेत्रलाई जोडेको


मलामी डाँडाःसाविक कटुवाचौपारी मा पर्ने मलाडि डाडा बाट समथर भूभाग कटुवाचौपारी, कुश्मा, बाग्लुङ्गका अधिकांश क्षेत्र, हिमालयको दृश्य देख्न पाईन्छ

पाठेश्वरी मन्दीरःवरिपरि समथर मैदान बिचमा ढिस्को ढिस्को माथि ऐतिहसिक पाठेश्वरी मन्दीर रहेको १९ सय साल तिर निर्मित प्राचिन मन्दिर करिब पुराना देविदेवताका मुर्तिहरु रहेका छन् यहाँ बेलाबेलामा मेला पनि लाग्ने गर्दछ यस मन्दिरमा विवाह ब्रतबन्धका काम पनि गर्दै आईरहेका छन् ।हटिया चौरः यो ऐतिहासिक चौर हो, यहाँ नेवारहरुको बस्ती भएकै कारण हटिया चौर भनिएको हो

यहाँ नेवारीहरुले लाखेनाच निकाल्ने गर्दछन् बस्नको लागि ठाटी भिनसेनको मन्दिर पनि रहेको यहाँ खेलकुद, पिकनिक घुम्नको लागि पनि पर्यटक आउने गर्दछन्

सिचाई नहरः यो क्षेत्रमा वर्षे सिचाई धेरैहुने हिउँदे सिचाई भने कमी रहेको हजारफाँट, पल्लाफाँट, अधिकारी फाँट, पदाले फाँट यहाका खेतीयोग्य भूमिहरु हुन्

राजबाबु पिसी

सम्बन्धित समाचार (जिल्ला )