Author
समीर रेग्मी
समीर रेग्मी

Contributor, ParbatNepal

5 months ago

532




दक्षिण एसियाको नै एड्भेन्चर क्यापिटल बन्न सक्छ पर्वत
loading...
दक्षिण एसियाको नै एड्भेन्चर क्यापिटल बन्न सक्छ पर्वत

कुश्मा सहर , अहिलेको समयमा अग्ला र लामा पुलहरुको सहर ले चिनिदै आएको छ | हुनपनि यहाँ नेपाली अग्ला तीनवटा पुलहरू छन् र अझ अर्को पुलको निमार्ण कार्य पनि चलिरहेको छ | कालीगण्डकी र मोदी नदीको खोंच(gorge) पर्वतका लागि वरदान सावित भएको छ |

कुश्मा ज्ञादी झोलुङ्गे पुल बन्नु अघि यही खोंच हरु ज्ञादि र बलेवाका बासिन्दाको लागि अभिसाप जस्तै थिय | तर उक्त समस्याको इन्जिनियरिङ समाधान ले गर्दा अहिले यिनै पुलहरू पर्वतको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएका छन् |


र अहिले यही कालीगण्डकीको खोंच को पूर्ण सदुपयोग गर्दै यसैमाथि विश्वकै दोस्रो तथा एसियाकै अग्लो बन्जी जम्प को निर्माण कार्य अन्तिम चरण मा छ | द क्लिफ ले अब केही महिनामा निर्माण सकिनेगरी उक्त बन्जी तथा विश्वकै लामो पैदलयात्री पुलको निर्माण गर्न लागेको हो | साथै यहाँ विश्वकै अग्लो स्विङ र आकाशे साइकलिङ (sky cycling )हरुपनि सञ्चालन  हुनेछ | द क्लिफ ले जनाए अनुसार उक्त बन्जी को उचाई 228m तथा पुलको लंबाई 525m हुनेछ |

हाल नेपालमा पोखरा र भोटेकोशी मा बन्जिको सुविधा उपलब्ध छ |

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल को निर्माण कार्य जारी रहँदा सराङकोटमा भविष्यमा प्याराग्लाइडिङ हटाउन सक्ने पूर्ण सम्भावना छ | नजिकै अन्तर्रष्ट्रिय विमानस्थल हुनु पर्वत बासीका लागि राम्रो कुरा होनै र यसका साथै सराङकोट मा प्याराग्लाइडिङ बन्द हुनु पनि पर्वत बासीका लागि राम्रो खबर हुन सक्छ |

प्याराग्लाइडिङ का पारखी हरु त्यसपछि अन्य गन्तव्य को खोजीमा हुनेछन् र जसको गन्तव्य बन्न सक्छ पर्वत |

भर्खरै मात्र डहरे लेकमा प्याराग्लाइडिङ को टेस्ट हुने खबर आएको छ तर टेस्ट मात्रै हुनु भने पर्वतेहरुलाई नौलो खबर होइन | किनभने पहिलेपनी दुर्लुङ बाट प्याराग्लाइडिङ को सफल परिक्षण भइसकेको थियो तर पनि त्यसपछि लगत्तै आधिकारिक रूपमा प्याराग्लाइडिङ सुचारु हुने खबर थियो जुन खबरमा मात्रै सीमित रह्यो |

दुर्लुङ पनि पर्यटकीय होडमा बिस्तारै अघि बढिरहेको छ | यहाँबाट देखिने अन्नपूर्ण हिमश्रृंखला को दृश्य त सुन्दर छ नै साथै चनौटे मा रहेको सुन्दर बस्ती र महभिर झरना पनि अत्यन्तै मनमोहक छ | यहाँ अघिल्लो वर्षमात्र क्यान्योनिङ को सफल परिक्षण भएको थियो र गोलमान गुरुङ ज्युका अनुसार केही महिनाभित्र आधिकारिक रूपमा यहाँ क्यान्योनिङ सुचारु हुनेछ |

बन्जी जम्प र क्यान्योनिङ सञ्चालन पछि पर्वतको पर्यटन मा अझै विकास हुने निश्चित छ | साथै प्याराग्लाइडिङ कोलागि उचित स्थान खोजी आधिकारिक रूपमा सञ्चालन गर्ने हो भने पर्वतले पर्यटनमा ठूलो फड्को मार्ने निश्चित छ | सबै कामहरू समयमा सम्पन्न हुने र थप सुविधाहरु हुनेहो भने , पर्वत नेपालको मात्र नभई दक्षिण एसियाको नै एड्भेन्चर क्यापिटल हुन सक्छ |