Correspondent, ParbatNepal
7 years ago
1847
पर्वत । नेपाली
कथानक चलचित्र ‘अहुरी’को छायाङकन
शुरु भएको छ
। आईतबार कुश्मामा
पत्रकार सम्मेलन गर्दै ‘अहुरी’
नेपालको पहिलो बौज्ञानीक धारको
चलचित्र हुने बताइएको
छ ।
प्रतिफल
फिल्मस् प्रा.लिले
यो चलचित्र प्रर्दशनी
गर्न लागेको हो
। सम्मेलन मार्फत
‘अहुरी’को बारेमा
जानकारी दिदैं परिकल्पनाकार विशाल
लोहनीले अबको २
सय ५० बर्ष
पछिको सताब्दीको बारेमा
यो चलचित्रले नयाँ
संसार देखाउने बताउनुभएको
छ ।
उहाँले भन्नुभयो,‘साईन्स्को फिक्सनको
आधारमा रहेर चलचित्रको
निमार्ण गर्छौ,यसले यहाँ
रहेर सञ्चार क्षेत्रमा
लागेकाहरुको यर्थाथ कहानीलाई प्रस्तुत
गर्छ ।’ ‘अहुरी’मा दोस्रो
मिस एण्ड मिसेस
धौलागिरीकी शिल्पा कार्की,अनुप
राई लगायतले अभिनय
गर्ने छन् ।
भने,यहाँ स्थित
सञ्चारकर्मीहरु अर्जुन थापा,निर्मल
पौडेल,ठाकुर रसाइलीले
पनि अभिन्य गर्न
लागेका छन् ।
चलचित्रका
निर्देशक रामचन्द्र पौडेल ‘आर.सी’ले
यसले धौलागिरी भित्र
रहेका हरेका धार्मिक
तथा पर्यटकीय सम्पदाको
खोजी गर्दै जाने
बताउनुभयो । उहाँले
चलचित्रले धौलागिरीका पर्यटकीय गन्तव्यहरुले
उचित प्रचारप्रसार नपाँउदा
ओझोल्मा परेको भन्ने सुनिहिरहेको
बेला यो चलचित्रले
प्रचारप्रसारमा टेवा पु¥याने बताउनुभयो
।प्रतिफल फिल्मस्को ब्यानरमा निमार्ण
हुन लागेको ‘अहुरी’
तेस्रो चलचित्र हो ।
यसभन्दा पहिला सेभेन वाइज र भ्रम चलचित्र प्रर्दशन भइसकेका छन् । पहिलो अनुभवको बारेमा बोल्दै उनीहरुले छायाँङकन स्थलमा समस्या हुने गरेको सुनाए ।‘अहुरी’लाई सवैले आफ्नै सोचेर सहयोग गर्न आग्रह गरेका छन् ।‘अहुरी’ को छायाँकन समय अवधि करिब १ महिना १५ दिन रहने बताइएको छ । पत्रकार सम्मेलनमा चलचित्रका परिकल्पनाकार बिशाल लोहोनीका पिता लालबहादुर लोहनीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा
चलचित्रका पात्र तथा सञ्चारकर्मी
अर्जुन थापा,ठाकुर
रसाईली लगायतले बोलेका थिए
। दुरीको यात्रा
गर्ने यात्री सबै
छन् । तर,
समयको यात्रा गर्ने
यात्री विश्वमा अहिलेसम्म भेटिएको
छैन । केहि
अंग्रेजी चलचित्रमा समयको यात्रा
गरेका रोचक प्रसङ्गहरु
आउने गरेका छन्
। नेपाली चलचित्रमा
भने यसको प्रयोग
भएको पाईंदैन ।
समयको यात्रा गर्ने
यात्रीहरुको कथा समेटेर
चलचित्र निमार्ण हुन लागेको
हो ।
