Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2714




कस्तुप पन्तको नयाँ गित ‘तिम्रो खुशी’ बजारमा
कस्तुप पन्तको नयाँ गित ‘तिम्रो खुशी’ बजारमा

जेठ २५, पर्वत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको छ । कोरोनाका कारण व्यवसायदेखी मनोरञ्जन क्षेत्र समेत प्रभावित भएको छ । कलाकारहरुले भने आफ्ना दर्शक र श्रोतलाई गित मार्फत सचेतना सन्देश र मनोरन्जन दिइरहेका छन् ।

लकडाउनको लामो समयलाई सदुपयोग गदै गायक तथा सर्जक कस्तुप पन्तको नयाँ गित ‘तिम्रो खुशी....’ सार्वजानिक भएको छ । पन्तले आफ्नो युट्युब च्यानल मार्फत उक्त गित सार्वजानिक गरेका हुन् । गितमा संगित पन्तकै रहेको छ । गितको शव्द बिष्णुहरि पौडेलले लेखेका हुन् । गितमा  सुगम संगितका चर्चित गायक नरेन्द्र प्यासीको स्वर रहेको छ । गितमा माया प्रेमको भाव पाउन सकिन्छ ।

गितले सामजिक संजाल सँगै यूट्युवमा सकारात्मक प्रतिक्रिया र राम्रो भ्यूज पाएको सजर्क पन्तले बताए । लकडाउनका कारण आफ्ना दर्शक र श्रोतलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले गित बजारमा ल्याएको उनको भनाई छ । लकडाउनका कारण म्युजिक भिडियो तयार गर्न नपाएको उनको दुखेसो छ ।

यो गित हेर्न र सुन्न को लागी यो लिन्क मा क्लिक गरिदिनु होला :


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)