Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 months ago

348




दूर्गम गाउँमा गाउँघर क्लिनिक
loading...
दूर्गम गाउँमा गाउँघर क्लिनिक

पर्वत  पर्वतको मोदी गाउँपालिका भुकताङलेमा निर्माण भएको गाउँघर स्वास्थ्य क्लिनिक भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको भुकताङलेमा आइतबार एक कार्यक्रमका बीच मोदी गाउँपालिका अध्यष प्रेम पौडेलले गाउँघर क्लिनिकको दुई कोठे पक्की भवनको उद्घाटन गर्नुभएको हो

भौगोलिक रुपमा विकट दुर्गम क्षेत्रमा अवस्थित भुकताङलेका बासिन्दालाई सहज रुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन भवन निर्माण भएको हो  गुड नेवर्स इन्टरनेश्नल नेपालको ६ लाख ४ हजार, मोदी गाउँपालिकाको १ लाख ५० हजार र नवचेतना सामुदायिक विकास केन्द्रको प्राविधिक तथा व्यवस्थापनमा भवन निर्माण भएको हो

भवनको हस्तान्तरण गदै अध्यक्ष पौडेलले भौगोलिक रुपमा विकट दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड दिएको बताउनु भयो उहाँले स्वास्थ्य संस्था टाढा भएको बस्तीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको पहल गरिएको बताउनु भयो

नवचेतना सामुदायिक विकास केन्द्रकी सल्लाहकार सिता काफ्ले लामिछानेले स्वास्थ्य क्लिनिक भवन निर्माण सँगै स्वास्थ्य जाँच खोपको लागि टाढा जानुपर्ने बाध्यता अव अन्त्य भएको बताउनु भयो कुश्मा नगरपालिकाकी उपमेयर समेत रहेकी लामिछानेले कुश्मा नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य क्लिनिक भवन निर्माण गरिने बताउनु भयो स्वास्थ्य सेवासुविधा लिन पाउनु प्रत्येक नागरिकको अधिकार भएको बताउनुभयो ८५ प्रतिशत जनता अझैपनि गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै लामिछानले हरेक सर्वसाधारणको स्वास्थ्य सेवासुविधामा पहुँच पुगोस् भन्ने उद्देश्यले गाउँघर क्लिनिक निर्माण गरिएको बताउनु भयो

कार्यक्रममा कार्यक्रममा मोदी गाउँपालिका उपाध्यक्ष सेती महतले गाउँघर क्लिनिकमा आएर नियमित स्वास्थ्य जाँच गाउन आग्रह गर्नुभयो

क्लिनिक उदघाटन पछी त्यहाँ स्वास्थ्य क्षेत्र गाउँमै पाईने भएको भने गर्भवती महिलाहरुले प्रसुतिगृहमा प्रसुति गर्न पाउने भएका छन् परिवार नियोजन सेवाअन्तर्गत डिपो, पिल्स कण्डम बितरण, महिलाको गर्भ परीक्षण, गर्भवती महिलालाई आइरन चक्की बितरण, पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य उपचार, दुई वर्ष मुनिका बालबालिकाको तौल परीक्षण, विमारीको उपचार, सुत्केरी महिलालाई भिटामिन आइरन चक्की बितरण तथा दुई वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउनु गाउँघर क्लिनिकको मुख्य उद्देश्य हो यस क्लिनिकमा स्वास्थ्य सहायक अथवा अहेब अनमीमार्फ्त सेवा उपलब्ध हुने जनाइएको

साथै भवन निर्माणका लागि स्थानीय बलवहादुर गुरुङ, चन्द्रकुमारी गुरुङ श्याम गुरुङले जग्गा हस्तान्तरण गर्नुभएको थियो जग्गादाताहरुलाई सोही कार्यक्रममा सम्मन गरिएको भने, स्वास्थ्य क्लिनिकलाई आवश्यक सामग्रीहरु प्रदान गरिएको थियो कार्यक्रममा सामजिक लेखा परिक्षण समेत गरिएको

मोदी गाउँपालिका भुकताङलेका कार्यवाहक वडाध्यक्ष भुलवहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नवचेतना सामुदायिक विकास केन्दका कोषाध्यक्ष केशवदास बैरागी कार्यक्रम संचालन जन स्वास्थ्य सहायक टिका घर्तीले गर्नुभएको थियो

 

सम्बन्धित समाचार ( स्थानीय तह)