Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 months ago

350




दृश्यावलोकनको अभिमानमा मोहोरे डाँडा
loading...
दृश्यावलोकनको अभिमानमा मोहोरे डाँडा

लेखक – विष्णुप्रसाद शर्मा पराजुली

भूगोल, संस्कृति, धर्म इतिहासलाई बैज्ञानिक रुपमा अध्ययन गरेर त्यसलाई जोडन सके प्राकृतिक सुन्दरता विविधतामाझैँ नेपाल इतिहासमा पनि अब्बल हुने नेपालका विश्वविद्यालयको पहलमा राजा सुद्धोधनभन्दा पहिले, नारी प्रधानता भएको समय सत्य युग भनेर बुझिएको मानब समाज तथा त्यसभन्दा पहिलेको युगसम्मको इतिहासको अनुसन्धान हुन सक्छ नेपालको जुन क्षेत्रमा पुग्यो त्यहाँको संस्कृति, प्रकृति, इतिहास सुन्दरताले मलाई आकुल ब्याकुल पार्छ मलाई बाटो बिराएर यस्ता कुरा सोच्न बाध्य पार्छ   जसबारे मैले केहि गर्न सक्दिन यस पटक अन्नपुर्ण आधार शिविर, खोप्रा, खयर भारानी ताल, सोता, पुन हिल, मोहोरे डाँडा, जलजला, लेस्पार हुदै पर्वतको पातीचौर झर्दा मलाई त्यस्तै कुराले पहिले अन्यत्रको यात्रामाझैँ झकझकायो

खोप्रा डाडा अन्तरगत उच्च हिमाली क्षेत्रमा अन्नपूर्ण दक्षिणको पश्चिम काखमा रहेको खयर भारानी देवी मन्दिर खयर भारानी ताल ९४६०० मि।०मा  पुगे पछि हाम्रो पदयात्राको मुल खण्ड पुरा भएको थियो त्यसपछि नयाँ पदमार्ग पछ्याउदै सोता, मोहोरे डाँडा हुदै पर्वतको लेस्पार गाउँ झरेर फर्कने योजनामा थियौँ यसपटक हिउँ नपरेको हुनाले बाटो चिप्लो भएन हिउँ वा पानी परेको बेला खोप्राको बाटो चिप्लो हुन्छ त्यस्तोमा चिप्ल्यो भने नाङ्गो अग्लो भीरमा बल्ड्याङ खादै सय फिट तल  खदारिन बेर लाग्दैन त्यस्तोमा कुनाको भागतिर चेपिएर बिस्तारै पाइला सार्नु पर्छ यात्राको नवौं दिन  खोप्राबाट सोता हुदै घोडेपानीको लागि पाइला  चाल्यौँ

त्यो दिन, सुर्योदयका सुनौला किरणले स्पर्श गर्नुभन्दा पहिलेदेखि सुर्यास्तसम्म बादलको एउटा बाक्लो फुर्कोले अन्नपूर्ण दक्षिणलाई पछाडिबाट अँगालो हालिनै रह्यो मानौं एउटा प्रेमीले चुम्बन गर्नकालागि प्रेमिकाको स्वीकृति पर्खिरहेको होस बिहान खोप्राको पुर्वीधारबाट देखिएको त्यो दृश्य हामी घोडेपानी पुगेर साँझ बास बस्दासम्म रहिरह्योमात्र वादलको रुप फेरिएको  थियो त्यो बिहान हजार ६०० मिटरको उचाईबाट झरेर हजार ६०० को उचाईमा पुग्यौँ त्यसपछि अपरान्हमा फेरि लगभग हजार ९००को उचाई चढेर घोडेपानीमा पुगेर बासबस्यौँ त्यसको अर्थ हामी खोप्रा पहाडको टुप्पोबाट ठाडै ओरालो सोता झरेर फेरि त्यस्तै ठाडो उकालो चढेर बास बस्न पुगेका थियौँ त्यति हिडदा कति पखेरा खोल्सा नाघ्यौं होला के भन्न सक्नु

छिस्तिबुङमा झरेर चिया खाजा खायौं त्यहाँबाट बनको बाटो हुदै सिधै खोलामा ¥यौँ निगालो घारी बनको काखको बाटो हुदै सोता पुग्यौँ म्याग्दी जिल्लाको सोता पुन मगरको बसोबास भएको सुन्दर गाउँ हो माथिल्लो पहाडी क्षेत्र भए तापनि सोता पहाडको फेँदमा समथर ठाउँमा थपक्क बसेको यहाँ करिब दई  सय  घर धुरी भए तापनि अहिले धेरैले बसाइ सरी पोखरातिर बसेका छन् त्यस्तो हुदाहुदै पनि अन्यत्र जस्तो बारीका पाटा बाझो नदेख्दा बसाई सराइले उती सारो चेपेको जस्तो भने लागेन मलाई

चर्चित पदयात्राका गाउँमा मोटरबाटो पुगे पछि आजकल पर्यटकहरु चित्रेबाट सोता हुदै खोप्रा वा खोप्राबाट  सोता हुदै लेस्पार पुग्न थालेका छन् त्यसले गर्दा गाउँमा दशैँ तिहारको बेला पर्यटकको चहल पहल बढेको सोतामा वटा होटल छन् यहाँ आलु, मकै, कोदो खेति गरिन्छ भने पशुपालनमा भेडा भैसी प्रमुख हुन् गाउँबाट धवलागिरि निलगिरी हिमालको सुन्दर  दृश्य देखिन्छ

सोताका मानिसहरु सबै बारीमा काम गर्न ब्यस्त भएकाले हामी फेरि खोलामा झरेर चित्रे चढेर मात्र खाना खायौँ त्यो साँझ हामी यो भेगको अति चर्चित ठाउँ घोडेपानीमा बस्यौँ भोलीपल्ट विहान सुर्योदयको दृश्य हेर्न बिहानै पुन हिल पुग्यौँ सन १९७० को दशकदेखिनै घोडेपानी पुनहिल पदयात्रा युरोप अमेरिका मा ब्यापक चर्चित अहिले भने कोरिया, चीनका पर्यटकको ताँती लाग्न थालेको पोखरा बाग्लुङ सडक निर्माण भए पछि नयाँपुलबाट पदयात्रा शुरु गरि घान्द्रुक, टाढापानी, घोडेपानी हुदै नयाँपुलनै पुगेर सकिने यो
 पदयात्रा उच्च हिमाली क्षेत्रको पदयात्रामा जान नसक्ने पर्यटकका बिच औधि प्रिय बन्यो

पर्यटकले मन पराउनुमा यस क्षेत्रका अति सुन्दर गुरुङ मगर गाउँ, तिनको मौलिक पुरानो संस्कृति, खेतिपाति, बनजंगल, खोला, पहाड, चराचुरुङ्गी मन लोभ्याउने थुप्रै सेता हिमालनै हुन् एक दशक पहिलेसम्म पुन हिलबाट दृश्यावलोकन गर्ने टावर बनाईएको थिएन पुन हिल ९३२०० मि।० नै प्रकृति निर्मित टावर हो जहाँबाट चारैतिरको अति मनमोहक दृश्य देखिन्छ यहाँको  सबैभन्दा मुल आकर्षण भनेको एकै ठाउँमा उभिएर हजार मिटरभन्दा अग्ला दुई हिमाल धवलागिरि प्रथम अन्नपूर्ण प्रथम नजिकबाट देख्नु हो यहाँबाट पश्चिमतर्फ हेर्दै जाँदा चुरे हिमाल त्यसको उपत्यकादेखि शुरु भएको हिमश्रृङखलाको लामोधार गुर्जा हिमाल, धवलागिरि छैटौँ, चौथो, पाँचौँ, तेस्रो, दोस्रो, प्रथम गरी टुकुचे चुली हुदै निलगिरीसम्म पुग्दछ त्यसरीनै उत्तरतर्फ अन्नपूर्ण प्रथमको चुचुरो, अन्नपूर्ण दक्षिण, हिउँचुली माछापुछे« हिमाल देखिन्छन् पुर्वतर्फ अन्नपूर्णका अन्य श्रृङखला पनि उत्तीकै मनमोहक भएर काँधमाकाध मिलाएर उभिएका जस्ता देखिन्छन्

सुन्दरता हेरेर मन नअघाउदो रहेछ पुन हिलमा धेरै पटक पुगेँ जति पटक पुगे पनि त्यहाँबाट देखिने दृश्य उत्तिकै प्यारो लाग्दो रहेछ यसपटक पुसको दोस्रो साता किन नहोस त्यहाँ पर्यटकको भींड उत्तिकै थियो भींडले गर्दा सुर्योदयको तश्विर लिन मलाई निकै दौडादौड ¥यो पहिले विदेशी पर्यटकमात्र हुने गरेको घोडेपानी अहिले युवा नेपालीको पनि मुख्य गन्तब्य बनेको त्यो बिहान पनि धवलागिरिलाई पृष्ठभूमिमा राखेर सेल्फी समुह तश्वीर खिच्ने नेपाली युवा, प्रेमी प्रेमिकाको भीड देख्दा मलाई पनि निकै खुशि लाग्यो पहिलो पटक पुनहिल सन १९८३ को अक्टुवरमा पुगेको थिएँ   

वेद, पुराण, महाभारत, स्वस्थानी लगायत थुप्रै धार्मिक ग्रन्थ ब्रत कथाहरुमा हिमालयको कथा सुनेर मख्ख पर्ने नेपाली हामी हाम्रै हिमाल, पहाड, नदी, खोंच तराईका फाँटमा अहिले पनि जीवित रहेका त्यस्तै महत्वका ठाउँ, संस्कृती इतिहासबारे केहि वाश्ता गर्दैनौं अति दुःखद विषय हो यो

   पुनहिलकै दक्षिण धारको गोरेटो बाटो भएर धारैधार हामी मोहोरे डाँडातिर लाग्यौँ दृश्यावलोकन गराउन पुनहिललाई चुनौति दिने अर्को विन्दु हो मोहोरे डाँडा हामी पहाडको चुचुरै चुचुरा भएर हिडेको हुनाले हामीलाई छेक्ने दुस्साहस गर्ने कुनै अर्को पहाड वरपर थिएनन् त्यसैले हाम्रो उत्तरमा अन्नपूर्णका सेतो हिउँले ढाकिएका हिमश्रृङखलाका चुचुरामात्र नदेखिएर हिमालको ठूलो भाग सहित अझ सुन्दर अझ मनमोहक भएर देखिएका थिए अन्नपूर्ण प्रथम वरपरका थुप्रै चुचुरा सेताम्मे देखिएका थिए पुर्वोत्तरमा अन्नपूर्ण तेस्रोको विशालतम सुन्दर रुप माछापुछे«को पछाडि देखिएको थियो जुन मैलै अन्यत्रबाट त्यस्तो ठूलो रुपमा देखेको थिइनँ त्यसकोसंगै  गन्धर्व चुली गंगापुर्ण थिएनै अन्नपूर्ण दोस्रोको विशाल हिम पहाड त्यसको पुर्वमा देखिएको थियो भने सूर्यको विmरणले गर्दा मनास्लुलाई खुट्याउन सकेको थिइनँ हिमाल बाहेक विरेठाँटि हुदै पोखरासम्मको उपत्यका पन्चासेको चुचुरो प्रष्टसँग देखिएका थिए

त्यो एउटा पाटोको मैले वर्णन गरेँ भने हाम्रो दाहिने हात अर्थात पश्चिम तर्फ धवलागिरिको सर्वाङ्ग रुप छर्लङ्ग देखिएको थियो त्यसमा थप आर्कषण के थियो भने कालीगण्डकीको उपत्यका सहित अतिसुन्दर  गाउँहरु, जङजलको भागपनि त्यहाँबाट देखिन्थ्यो हामी हिडेको धारको दुबैतिर सय फिटसम्म खरवारी त्यसपछि गाउँसम्म फैलिएको लालीगुँरासको बाक्लो बन बडो घमण्डकासाथ बसेको थियो मोहोरे डाँडाले साच्चिकै घमण्ड गर्न मिल्ने दृश्य त्यो डाँडा वरपरबाट पनि उत्तिकै सुन्दर रुपमा देखिन्थ्यो

त्यसबेला मलाई यस्तो लाग्यो कि मानौं यो संसारको सवैभन्दा भाग्यमानी मानिस  हुँ सम्झेँ, हिमालको दृश्य वातावरण मन परेरनै भगवान शिव पार्वतीलाई लिएर कैलाशमा बास वस्न पुगे महाभारतमा उल्लेख  भए अनुसार कुवेरको सुनैसुनले बनेको विशालतम दरवार हिमालको काखमानै थियो पनि हिमालयको स्वाद लिन त्यसरीनै पर्वतको धारैधार आफ्नै धुन सुरमा नाच्दै हिंडिरहेको थिएँ मेरो उमङ्ग नृत्यदेखेर मित्र मिठाराम ज्ञानेन्द्रले पनि मलाई साथ दिएका थिए मौसमको अर्शिवाद प्राप्त हामीले वाश्तवमा यो भुतलमा रहेको स्वर्गीय सुन्दरताको स्वर्गीय आनन्दमा हामी रमाएका थियौँ त्यस्तो अवसर साँचो अर्थमा विरलैले पाउछन् धन्य मोहोरे डाँडाले त्यो सुन्दरता खुशियाली हामीलाई सह्दय पस्केको थियो

पुस महिनाको बिहानी घाममा पहाडको चुचुरोबाट हिडदा दक्षिणपश्चिम,पश्चिम,उत्तरहुदै पुर्वसम्म फैलिएको लामो हिमालय श्रृङखला, उपत्यका, फाँट, जंगल नदिनालाको दृश्य देख्दा जिउदै स्वर्ग को नपुग्ला रु मानब पीडाको सम्पूर्ण अंश विर्सेर एक प्रकारले प्रकृतिमा लिन भएको थिएँ मानौ प्रकृतिले दिएको त्यो स्वर्गमा यो जिवात्मालाई त्यागेर त्यसैमा समाहित भएको  होस शिवजीले हिमालय पर्वतमा शिव नृत्य  देखाउदा प्रसन्न भएझै अत्यन्त प्रसन्न भएर हिडदा हिडदै हामी मोहोरे डाँडाको चुचुरोमा पुगेको थाहै भएन यहाँबाट देखिने दश्यको बारेमा मैले पहिलेनै वर्णन गरि सकेको छु पुर्वमा मनासलु गणेश हिमालदेखि शुरु भएर पश्चिममा धवलागिरि चुरे हिमालसम्मको लामो हिमालयको दृश्यका साथै  मोहोरेको चुचुरोबाट देखिने थप दृश्य के भने यहाँबाट दक्षिणतिर पर्वत, बाग्लुङ म्याग्दीका फाँट सुन्दर गाउँहरु बडो मनमोहक रुपमा देखिन्छन त्यसबाहेक सुर्योदय सुर्यास्तको दृश्यको लागि पनि यो डाँडा  उत्तिकै उपयुक्त

जङजलको चुचुरोमा रहेको मोहोरे डाँडा ९३३०० मि.मा दुईटा लज छन् पुनहिलबाट दुई घण्टामा हामी मोहोरे डाँडामा पुगेका थियौँ पर्वतको लेस्पारबाट जलजला हुँदै मोहोरे पुग्न एक दिन लाग्छ त्यसरीनै मोहोरेबाट एकै दिनमा जलजला, लेस्पार हुदै पर्वतको पातीचौर पुग्न       सकिन्छ पोखरा नयाँपुलदेखि घोडोपानी हुदै मोहोरे डाँडामा तीन दिनमा पुग्न सकिन्छ   मोहोरेले प्रकृतिप्रेमीलाई पुनहिल वा मुल्देबाट भन्दा पनि सन्तुष्ट दिने भएकाले यो डाँडो आफै लेखनाथ पौड्यालको कविताफलेको वृक्षको हाँगो नझुकेको कहाँ रु भने जस्तो गरि हाउभाउ हल्लाखोर नगरी अत्यन्त सम्यमित भएर जङगलको बिचमा बसेको नेपालको पश्चिम  क्षेत्रको हिमालय उपत्यकाको चारैतिरको लामो भुभाग हेर्न नेपालकै अत्यन्त विशिष्ट एकान्त ठाउँ हो  –मोहोरे डाँडा

हिमालय पर्वतलाई साक्षी राखेर मोहोरे डाँडामा खाना खायौं ङादी गाउँ जाने बाटो छोडेर फेरि त्यस्तै धार, खरबारीका ठाडा भीर पार गर्दै जलजला भन्ने सानो उपत्यकामा ¥यौं त्यो जङगलको बिचमा रहेको त्यहाँबाट बिरलै देखिने अन्नपूर्ण प्रथमको विहङ्गम चुचुरोमात्र अति सुन्दर रुपमा देखिएको थियो त्यसपछि घना बनको बाटो  हुदै अत्यन्त सुन्दर ठूलो पुन मगर गाउँ लेस्पार ¥यौं

लेस्पार पर्वत जिल्लाको सदरमुकाम कुश्मादेखि उत्तर बन ठूलो चट्टानको पाखोको बिच समथर ठाउँमा रहेको यहाँ २०० भन्दा बढि ढुङ्गामाटोको जोडाई भएका तथा पातलो कालो ढुङ्गाले छाइएका परम्परागत नेपाली शैलीका घर रहेका छन माथिदेखि तलसम्म गुजमुज्ज जोडीएर रहेका सबै घरमा ढुङ्गाले छाएका पाली, कौसी दुवै छेउमा कोठा निकालिएका देखिन्छन् पुरै गाउँको बाटोमा ढुङ्गाकै सिँढि लगाईएको भने बाटोको दुबैतिर अग्लो ढुङ्गाको बान्नोगारो ले सुरक्षा दिईएको सबैका घर पस्नका लागि ससाना छु«ट्टाछुट्टै ढुङ्गा ओच्छ्याईएका बाटोहरु रहेका छन् गाउँ देख्दा जो कोहिलाई पनि आफ्नो पुरानो नेपालीपनको झल्को लाग्दछ

यहाँका बासिन्दाको मुख्य पेशा परम्परागत कृषिनै हो यहाँ खेत कम भने बारीमा कोदो, मकै आलु उत्पादन गरिन्छ यहाँ सबै पुन मगरको बसोबास रहेको पुन मगरको मुख्य भाषा नेपालीनै हो धेरै पहिले बराजु, चिचाजुको पालादेखिनै खस बोल्ने गरेकोदशैँ तिहार चाडपर्व मान्ने गरेको जनै पुर्णिमाको दिन ससरा धारामा बोका कुखुराको बलि दिएर बाराहीको पुजा गर्ने गरेको डिल बहादुर पुनले जानकारी दिएका थिए

बाख्रालाई कोदोको नल हरियो घाँस बोकेर घर फर्कदै गरेका ९२ वर्षका डिल बहादुर पुनसँग हाम्रो बाटोको बिसाउने ढुङ्गे चौपारीमा भेट भएको थियो अनुहार भरी सयौं मुजा देखिने, ऊनको टोपी, ठूलो चश्मा पहिरेका हँसिला डिल बहादुरले धेरै दाजुभाइहरु कमाइ गर्दै बसाई सर्दै गरेको कुरा एक प्रसङ्गमा सुनाएका थिए हामी खोप्रा खयर भारानी तालपुगेर खयर भारानीको दर्शन गरेर फर्केको जानकारी दिदा उनले अत्यन्त हर्षित हुदै भने – ‘मेरो भाकल थियो त्यसैले त्यहाँ दुई पटक  पुगेको छु त्यहाँ भाकल गर्नाले मागेको कुरा पुरा हुन्छ लक्ष्मी  होटलका खडक पुनले भने पछि थाह भयो डिल बहादुरका छोरा विदेशबाट नफर्केको हुनाले उनले त्यहाँ पुगेर भाकल गरेका रहेछन् पछि, छोरा फर्केर घर आए पछि फेरि उनी त्यहाँ भेडाको बलिदिन पुगेका रहेछन् यस्तै विश्वासमा नेपाल टिकेको सस्कृति बाँचेको

त्यो दिन हामी पातीचौर सम्म झर्न सक्ने थियौँ तर लेस्पारमा एक रात बिताउने रहर जाग्यो त्यहीँ बस्यौँ पर्यटक अत्यन्त कम आउने भएकाले भरखरमात्र यहाँ होमस्टेको अवधारणामा दुई लज सञ्चालनमा छन् यहाँको मौलिक संस्कृति भने चोखो रुपमा जीवित जुन यहाँको जीवनचर्याबाट छर्लङ्ग देख्न सकिन्छ   सातआठ वर्षदेखि जीप आउन थालेपनि बाटोसुधार भएको छैन दिनमा एउटा जिप सदरमुकाम कुश्माको लागि छुट्ने गर्छ सदरमुकाम देखि नजिक भएर पनि विकासमा भने लेस्पारलाई पछाडि पारेको मैले अनुभव गरेँ मौलिक पुन मगर संस्कृतिलाई जीवन्त राख्दै यहाँ पनि विकासको ढोका खोलिनु पर्छ

लेस्पारबाट देखिने लोभलाग्दो सुर्योदयले हाम्रो मनलाई तरङ्गित पार्दै थियो त्यसैबेला पातीचौर जाने जीपको हर्नले हाम्रो लेस्पारको त्यो बेलाको यात्रा पुरा भएको संकेत दियो हामी जीपमा बसेर त्यहाँका ससाना गाउँ हुदै पातीचौर ¥यौँ सोही दिन पोखरा पुगेर माइक्रोबस बाट यात्राको एघारौँ दिन काठमाण्डौँ पुग्यौँ चिसो मौसममा गरिएको अन्नपूर्ण आधार शिविर खोप्रा डाँडाको यात्रा अत्यन्त सफलताका साथ सम्पन्न भयो केहि रात असह्य चिसो भएको भए तापनि सफा मौसममा देखिएको हिमालयको लामो श्रृङखला सहित देखिएको उपत्यका, नदि, पहाडका तरेलीदेखि तराईका फाँटसम्मको लोभलाग्दो दृश्यले हामी सबैलाई रोमाञ्चित पारेको थियो नेपाल अति सुन्दर सुन्दरता घरमा बसेर देखिदैन त्यसैले अर्को यात्रामा मसँग साथीहरु पनि आउनु   है Û 

साभार – रचना साहित्यिक पत्रिका पूर्णाङ्ग बैशाख–जेठ २०७५

सम्बन्धित समाचार (जिल्ला )