Author
समीर रेग्मी
समीर रेग्मी

Contributor, ParbatNepal

1 month ago

587




पर्यटनको सम्भावना बोकेको जलजला
loading...
पर्यटनको सम्भावना बोकेको जलजला

जलजला भन्दासाथ धेरैलाई लाग्न सक्छ माओवादीको उद्यगम स्थल मानिएको रोल्पाको जलजला पहाडको कुरा होला तर म रोल्पा जिल्लाको जलजलाको होइन पर्वत जिल्लाको जलजला बारे लेख्दैछु। पर्वत जिल्लाको उत्तरी भेगका माझफाँट, बासखर्क, सालिजा, लेकफाँट, धाईरिङ, बनौ र नाग्लिबाङ गरी ७ गाविसलाई जलजला गाँउपालिका नामाकरण गरी प्रस्तावित गरेपछि गुमनाम जलजला एकाएक चर्चामा आयो तर पनि सोही क्षेत्रका धेरैलाई जलजला भन्ने कहाँ हो भन्ने बारे अनभिज्ञ रहेको देखेपछि आफुले देखेको र बुझेको जलजला बारे केही लेख्ने चेष्टा गरे।
गाउँपालिकाको नाम मल्लाज होस भन्ने चाहाना मल्लाजवासिहरुको थियो। सायद मल्लाजले ७ गाविस मध्य ५ गाविस मात्र समेट्ने भएर होला मल्लाजलाई उपयुक्त नठानिएको साथै जलजला भन्दा पनि चर्चा र पर्वत जिल्लाकै अग्लो ठाउँ ( उचाई ३३०९ मि.) को हिसावले पनि हम्पाल नाम अझ उपयुक्त हुन्थ्यो की भन्ने देखिन्छ तरपनि गुमनाम भएर मात्र हो नत्र जलजला सुन्दरता, पर्यटकीय र ऐतिहासिक हिसाबले कम महत्वपूर्ण स्थान चाही हुँदै होइन ।

पर्वत जिल्लाको सबै भन्दा ठुलो सामुदायिक बन हम्पाल सामुदायिक बन अन्तर्गत र पर्वत जिल्लाकै सबैभन्दा अग्लो हम्पाल लेकको ठिक पछाडी पट्ी सानो उपत्यका रहेको छ खासमा त्यही उपत्यकालाई नै जलजला भनिन्छ ।wpid-10612740_378401229002730_9188234481951900702_n1

समुन्द्री सतह देखि करिव ३१०० मि. को उचाइमा अवस्थित जलजलामा वाह्ै महिना जमिन मुनि पानी (जल) जमेर हिड्दा थलथल गर्दै जमिन हल्लिने भएर नै जलजला नामाकरण रहन गएको मानिन्छ। पर्वतका दुई लुङदी खोला, पाति खोला र पर्वत र म्याग्दीको सिमाना छुट्याएको पुङदी खोला गरी तीन खोलाको मुहान यही जलजला नै हो । जलजलामा रहेका थुप्रै मुलहरु जोडीएर एक छेउँबाट लुङदी खोला र अर्को छेउबाट पाती र पुङ्दी खोलाको जन्म भएको छ भने अरु भागमा पहाडले घेरीएको छ ।
पहिले पहिले यस क्षेत्रमा सालिजा, लेकफाँट, धाईरिङ, बाजुङ, क्याङ, लेस्पार, बनौँ लगायतका क्षेत्रका बासिन्दाहरु लामो समयसम्म गोठ हालेर बस्ने गाईवस्तु चराउने, जङगली जनावरको सिकार गर्ने साथै काठबाट विभिन्न सामाग्रीहरु निर्माण गर्ने गरेको पाइन्छ तर पछिल्लो समयमा सामुदायिक बनको रुपमा समुदायमा हस्तान्तरण भएपछि भने गोठ हालेर बस्ने चलन बिस्तारै हट्दै गइसकेको छ ।

सम्भावना
यस क्षेत्रमा सम्भावनाको त अथाह खानी नै छ। यो क्षेत्र बिश्वकै चर्चित र उत्कृष्ट दश भित्र पर्ने अन्नपुर्ण पदमार्गसँग जोडिएको छ । मिलनचोकलाई मुख्यद्वार मानेर धाईरिङको भुमेस्थान, जलजला, हम्पाल, मुहारे डाँडा हँुदै पदयात्रा गरी विश्वकै चर्चित अन्नपूर्ण पदमार्ग अन्तर्गत पुनहिल, घोरेपानीमा पुगेर जोडिन सकिन्छ।

मिलनचोकबाट धाईरिङ भुमेस्थान हुँदै जलजला पुग्न करिब ६ घण्टा, जलजला बाट मुहारे डाँडा करिब ४ घण्टामा र मुहारे डाँडाबाट ३ घण्टमा पुन हिल हुँदा घोरेपानी सम्म पुग्न सकिन्छ । मुहारे डाँडामा महाविर पुनको सक्रियतामा लज पनि सञ्चालन गरिएको छ भने सो ठाउबाट धौलागरि, माछापुछ«े हिमाल तथा फेवाताल समेतको सुन्दरतालाई नियाल्न सकिन्छ ।FB_IMG_1485936508386अन्नपूर्ण पदमार्ग अन्तर्गतको कास्कीको नयाँपुल, तिखेढुङ्गा, उल्लेरी हुँदै घोरेपानी पुग्ने रुटभन्दा अग्ला पहाड र घना जङ्गगलैजङ्गलको विचबाट रहेको यो रुट धेरै गुणाा रमाइलो र मनमोहक छ । यहाँ आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरी व्यवस्थित गर्दै प्रचारप्रसार गर्ने हो भने अन्नपूर्ण पदमार्ग र पोखरा सम्म आउने हजारौ हजार पर्यटकलाई यस क्षेत्रमा सजिलै भित्राउन सकिन्छ ।

जलजला यत्तिकै पनि रमणिय त छ नै अझै यसलाई केही व्यवस्थापन गर्नेे हो भने झनै नमुना जलजला बनाउँन सकिने सम्भावना छ । लुङदी खोला, पाती खोला र पुङदी खोलातर्फ जाने दुई मुखमा व्यवस्थित आधुनिक बाध निर्माण गर्ने हो भने मात्र पनि सजिलै सँग करिब तीन र चारसय मिटर चौडाई र डेढ किमि भन्दा लामो ताल निर्माण गर्न सकिन्छ ।

घना जङ्गगलको विचमा करिव ३१०० मिटरको उचाईमा यति ठूलो ताल बन्दा यस्को सुन्दरता कस्तो होला र उक्त तालमा डुङगामा सयर गर्दा कति आनन्द मिल्ला कल्पना समेत गर्न सकिँदैन । यतिमात्र होइन सुन्दर तालको पानीलाई सदुपयोग गर्दै लघुजलविद्युत आयोजना समेत निर्माण गर्न सकिने सम्भावना त यथावतै छ।

जलजलाकै माथि पट्ी शिर हम्पालको लेक जहाँ पुगेर हिउँद महिनामा हिउँको मज्जा लिनुका साथै चारै तिर म्याग्दी, पर्वत, कास्की, बागलुङ, गुल्मि, पाल्पा, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा लगायत गरी १६ जिल्लाको मनोरम दृश्य, सबैभन्दा धेरै १२ प्रजातिका रङ्गिचङ्गि लालिगुराँस, जगलैजङ्गलको पहाड, खोचहरु, धौलागिरि, माछापुच्छ«े लगायत दर्जनौ हिम श्रृङखलाको साथमा सुर्यदय र सुर्यास्तको मनोरम दृश्य समेत अवोलकन गर्न सकिन्छ। यस्तो मनमोहक ठाँउ प्रचारप्रसारको अभावमा गुमनाम भई बसेको छ।

जसको निम्ती भ्यूटावर निर्माण तथा खान बस्नको निम्ती होटल, रिसोर्ट निर्मााण गरी प्रचार गर्ने हो भने पर्यटकको घँुइचो नै लाग्ने थियो । यस क्षेत्र प्राकृतिक सौन्दर्यताको लागि मात्र नभई धार्मिक स्थलको रुपमा पनि अत्यन्त महत्वपूर्ण गन्तव्य हो ।

यस जलजला, हम्पाल लेकको पहाडी क्षेत्रलाई कालाञ्जर पर्वत भनिन्छ । जुन धार्मिक तथा ऐतिहासिक रुपमा पनि अत्यन्त महत्वपूर्ण ठाँउ हो ।

कालञ्जर पर्वतलाई शिवजिको तपोभुमि मानिन्छ । जहाँ सिर्पु क्षेत्र छ र उक्त सिर्पु क्षेत्रमा शिव पार्वती साधरण मन्दिर पनि रहेको छ । पहिला पहिला यस ठाउँमा भव्य रुपमा पुजाआजा, मेला गरिने भएपनि पछिल्लो समयमा मानिसहरु शहरमुखि हुँदैजाँदा बिस्तारै लोप हुँदै गइसकेको छ।

त्यस्तै यस शिवजिको तपोभुमिमा बर्षौ पहिला मार्कण्डेय नामक ऋषिले ध्यान गरेको पाइन्छ जसले गर्दा यो ठाउँलाई पवित्र ज्ञानभुमि समेत मानिन्छ । साथै यस कालाञ्जर पर्वतबाट पानी अलप भएर पाङको सहस्रधारामा निस्किएको र जहाँको पानीले नुहाउँदा रोगव्याधी हट्ने जनविश्वास समेत रहेको छ। हाल सहस्रधारामा १०८ धारा निर्माण गरी व्यवस्थित रुपमा स्नान गर्ने व्यवस्था समेत गरिएको छ ।


तसर्थ
यस क्षेत्रमा शिव, पार्वती व्यवस्थित मन्दिर, ठुलाठुला मुर्ति, त्रिशूल निर्माण गर्दै शिवजिको तपोभुमिको प्रचारप्रसार गर्ने साथैै मार्कण्डेय ऋषिले ध्यान गरेको घना जङ्गगलको विचमाा रहेको पवित्र भुमिमा ध्यान, योग केन्द्र सञ्चालन गर्ने साथै धाईरिङको भुमेस्थान, कमलनयनचार्यले निर्माण गर्न लागेको गौसालालाई समेत जोड्दै यस सिर्पुर कालाञ्जर क्षेत्रलाई धार्मिक क्षेत्र घोषणा गरी व्यवस्थापन गर्ने हो भने हजारौ हजार धार्मिक पर्यटकलाई समेत भित्राउन सकिन्छ।

यसका अलवा यस जलजला क्षेत्रमा बाघ, भालु, चितुवा, मृृग, घोरल, अजिङ्गर लगायतका जङगली जनावर विभिन्न प्रजातिका चराचुरुङ्गी र विभिन्न लोपोन्मुख लेकाली रुख, जडिबुटिले भरिपूर्ण छ साथै करोडौँ मूल्य बरावरका काठ, विभिन्न बन पैदावरहरु यत्तिकै ढलेर सुकेर खेर गईरहेका छन भने यसै क्षेत्रमा धौलागिरि अञ्चलकै ठूलो ढुंगाखानी समेत रहेको छ।

यसरी केही पहिला यहाँको पर्यटन विकासमा उद्योग बाणिज्य संघ ,पर्वत, मल्लाज उपशाखाले केही पहलकदमी चाले पनि यसमा बृहत् लगानीको आवश्यकता पर्ने हुँदा पर्वत जिल्ला, प्रस्तावित जलजला गाउँपालिकाका बुद्धिजीवी, नेता , उद्योगी, व्यापारी, स्थानिय बासिन्दा साथै विभिन्न सरोकारवाला सरकारी, गैरसरकारि निकायले यसतर्फ ध्यान दिदै यस क्षेत्रको बारेमा खोज, अनुसन्धान गर्दै आवश्यक योजना निर्माण गरी पदमार्ग, जलजला ताल, होटल तथा रिसोर्ट, हम्पाल लेकमा भ्यु टावर, सिर्पु क्षेत्रमा धार्मिक स्थल तथा योग केन्द्र निर्माण गरी पर्यटन प्रवद्र्धन गर्नुुका साथै ढुंगाखानी, जडिबुटी, रुख, काठ, जङ्गली जनावर, पसुपक्षि आदिको संरक्षण तथा व्यवस्थापन गर्ने हो भने प्रस्तावित जलजला गाँउपालिकाको मात्र नभई सम्पुर्ण पर्वत, म्याग्दी, कास्की, बागलुङ लगायतका जिल्लाको विकासमा समेत महत्वपूर्ण टेवा पुग्नेछ ।

- सुरेश हमाल 

NA
सम्बन्धित समाचार (जिल्ला )