Correspondent, ParbatNepal
7 years ago
3427
संगिता क्षेत्री, पर्वत । जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्कलाई विश्वसामु चिनाउने उद्देश्यले म्युजिक भिडियो तयार पारिएको छ । बाँसखर्कका पर्यटकीय स्थाललाई समेटेर ‘क्या राम्रो बाँसखर्क गाउँ’ गितको म्युजिक भिडियो तयार पारिएको हो ।
गाउँको पर्यटन प्रर्वद्धनका लागि म्युजिक भिडियो तयार गरिएको बाँसखर्कका वडाध्यक्ष वडाध्यक्ष तुलसीराम रेग्मीले जानकारी भयो । पर्यटन प्रवद्र्धनका लागि तयार पारिएको म्युजिक भिडियोमा गाउँको विविधतालाई समेटिएको वडाध्यक्ष रेग्मीले बताउनु भयो ।
स्थानीय संस्कार, संस्कृति, वेषभूषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातत्विक सम्पदालाई भिडियोमा समेटिएको छ । वडाध्यक्ष रेग्मीका अनुसार म्युजिक भिडियो हेरेपछि पर्यटक थप आकिर्षत हुने उहाँको विश्वास छ ।
‘म्युजिक भिडियो सबैले हेर्ने हो भने, गाउँमा जे छन, सबै देख्नसक्ने छन्,’ उहाँले भन्नुभयो–‘भिडियो हेरेर मन पराउने गाउँ आउँछन, भिडियोमा देखिएका दृष्यको स्थलगत अवलोकन गर्छन् ।’
‘क्या राम्रो बाँसखर्क गाउँ’ गितले गाउँको चिनारीलाई मद्दत पुग्ने स्थानीयको भनाई छ । सुन्तला, किवी खेती र ढुङगा खानीका लागि प्रख्यात ठाउँ मानिने बाँसखर्क पर्यटकिय संम्भावनाले पनि भरिपूर्ण गाउँ मानिन्छ ।
गितमा भनिएको छ
.....
कालीगंगा माथि प्रकृतिले धनी
क्या राम्रो बाँसखर्क गाउँ
जुनीजुनी यहाँ हातेमालो गरि
पौरख गर्न पाउँ….’
उक्त गितमा सुगम संगितकी चर्चित गायीक मेलीना राईको स्वर रहेको छ । कोरस स्वरहरुमा निर्मला घिसिङ,ससिकला मोक्तानले साथ दिएका छन् । गोविन्द गर्वुजाको शव्द रहेको गितको संगित जि पुनको रहेका छ । उक्त म्युजिक भिडियोमा श्रृगार सन्तोष सापकोटा, कलरिष्ट ड्रोन अनिल शाही, कोरियोग्राफर सविन गुरुङको रहेको छ ।
त्यस्तै अनिल शाही र भिमराज तिमिल्सिनाको छायाँकन र सम्पादनमा तयार भएको गितको निर्देशन अनिल शाही र दिलिप गायक रहेको छ । उक्त गितले छोटो समयमै दर्शक तथा स्रोतको मन जितेको पाईन्छ । बाँसखर्कका सुन्तला मुलुकभरि प्रख्यात मानिन्छ ।
भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोला
