Correspondent, ParbatNepal
7 years ago
2214
साजन परियार–कुश्मा । पर्वत
समाज जापानले कुश्मा
नगरपालिकाका मेयर रामचन्द्र
जोशी सँग भेटघाट
तथा अन्तरक्रिया कार्यक्रम
सम्पन्न गरेको छ
। एहिमे विश्वविद्यालयको
विशेष निमन्त्रणमा जापान
भ्रमणमा रहनु भएका
मेयर जोशी सँग
भेटघाट तथा अन्तरक्रिया
कार्यक्रम गरेको हो
।
अन्तरक्रिया कार्यक्रममा
जापानमा रहेका पर्वतलेहरुले
कुश्मा नगरपालिका सँगै
समग्र पर्वत जिल्लाको
विकासमा निर्माणको खेल्नुपर्ने
भुमिकाका विषयमा छलफल
गरिएको पर्वत समाज जापान
अध्यक्ष सुजन जोशीले
जानकारी दिनुभयो ।
मुलुक संघीय ढाँचामा
रूपान्तरण भई स्थानीय
तहको निर्वाचन भएपछि
स्थानीय शासनको प्रभावकारिता,
विकास निर्माण, चुनौती र प्रवासीहरुले खेल्नुपर्ने
भूमिकाका विषयमा छलफल
गरिएको अध्यक्ष जोशीले
बताउनु भयो ।
मे १५ तारिक बुधवारका दिन डबका नेपाली रेस्टुरेन्ट सिनओओकुवोमा सम्पन्न भएको कार्यक्रममा बोल्दै मेयर जोशीले पर्वत जिल्लाको विकास निर्माणमा प्रवासीले खेलेको भूमिका प्रशासनिय रहेको बताउनु भयो । उहाँले आफ्नो मातृभूमिप्रति प्रवासीहरुले देखाएको माया र सद्भावलाई आत्मसाथ गरेर अगडी बढेको बताउनु भयो । साथै उहाँले पर्वत जिल्लाको समग्र वस्तुस्थितीवारे जानकारी गराउँदै जिल्लाको विकासमा सवै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख
अतिथी समेत रहेका
जोशीले कुश्मा नगरपालिका
विकासको पथमा अगडी
बढेको बताउँदै नगरको
विकासका लागि प्रवासीहरु
सँग सहकार्य गर्ने
बताउनु भयो ।
कार्यक्रममा जापानमा रहेका
पर्वतेहरुले जिल्लाको विकासमा
प्रवासीहरुले खेल्नुपर्ने भूमिकाका
विषयमा मन्तव्य राखेका
थिए ।
पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका सल्लाहकार द्वय महेश श्रेष्ठ र मोहन घले, संस्थाका संरक्षक इश्वर जोशी लगायलको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन समाजका महासचिव जनक सूबेदीले गर्नुभएको थियो ।मेयर जोशी ९ गते जापान पुगेर १९ तारिख स्वदेश फिर्ता भईसक्नुभएको छ ।
