Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1782




‘गाउँ छोडेर शहर छिर्ने अवस्थाको अन्त्य गर्नपर्छ’ –सांसद गिरी
‘गाउँ छोडेर शहर छिर्ने अवस्थाको अन्त्य गर्नपर्छ’ –सांसद गिरी


पुष २५ पर्वत ।

प्रतिनिधि सभाका सांसद एव्म एमाले जिल्ला अध्यक्ष पदम गिरीले गाउँ खाली गरेर शहर छिर्ने परिस्थितीको नेपालमा अन्त्य हुनुपर्ने बताएका छन । सोमबार जलजला माझफाट पर्बत–पोखरा लेखनाथ सम्पर्क मन्च को साधारण सभा तथा अधिबेशनको उदघाटन गर्दै गिरीले शहरमुखी बसाईलाई गाउँमुखी बनाउँदै  गाँउमै सवै खालका सुविधा पुराउनुपर्ने बताएका हुन । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य ब्यक्त गर्दै सांसद गिरीले पर्बतको समग्र बिकास र समृद्धिका लागि अहोरात्र खट्नेहरुलाई धन्ववाद दिदै सवैको सहयोगले नै जिल्लाको विकास सम्भव रहेको समेत बताए । गाउँघरमा अव सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरको सृजना गरेर गाउँ फर्क अभियान सञ्चालन नगरेसम्म देशको विकास सम्भव नरहेको समेत गिरीको जिकिर थियो । शहर बजार केन्द्रित हुँदा गाउँमा कृषि उत्पादन हुने ठाउँ बाँझो हुँदै गएको भन्दै गिरीले उत्पादनमुखी कार्यमा बाँझो जग्गाको समुचित प्रयोग हुनुपर्ने बताए । 

कार्यक्रममा प्रदेश सभाका सांसद नेत्र अधिकारीले बामगठबन्धनको सरकार बनेसंगै देशमा विकासको लहर छाउने भन्दै स्थिर सरकारका लागि जनताको दिएको जनादेश राजनैतिक दलले पालना गर्ने प्रतिबद्धता समेत जनाए । उनले जिल्लाको विकास निर्माणमा जुट्न एक पटक सवै गाउँ फर्किनु पर्ने बताए । 

लामो समयको राजनैतिक आन्दोलन पछि अव आर्थिक सम्बृद्धिको आन्दोलन शुरु भएको अधिकारीको भनाई थियो । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, क्षेत्री समाज पर्वतका अध्यक्ष नरबहादुर कार्की, रामचन्द्र आचार्य, कर्णेल कृष्णबहादुर खत्री लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य गिरी र प्रदेस सभा सदस्य अधिकारी एबम गाउँपालिका अध्यक्ष मल्ल लगाएतका ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम शिवबहादुर आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( राजनीति)