Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

4 months ago

525




गायक पन्त र श्रेष्ठ नगद सहित सम्मानित
गायक पन्त र श्रेष्ठ नगद सहित सम्मानित

मंसिर १९, पर्वत । फलेवासमा जन्मिएर लोकसंस्कृतिको माध्यमवाट नेपाली कलासंस्कृतिमा महत्वपूर्ण योगदान पु¥याए वापत यहाँका दुई कलाकार सम्मानित भएका छन् । सामजिक कार्यमा सक्रिय यूनाईटेड स्पोर्टस क्लवले देविस्थानमा आयोजना गरेको फलेवास महोत्सव (मेला)को उद्घाटन शत्रमा  लोकदोहारी गायक एवम् सर्जक कस्तुप पन्त र लोक पप विधाका चर्चित गायक सरोज साजन श्रेष्ठलाई सम्मान गरेको हो ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा, क्लवका अध्यक्ष अच्चुतकृष्ण श्रेष्ठ लगायतले गायक पन्त र श्रेष्ठलाई नगद सहित दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए ।

सो अवसरमा मन्त्री गुरुङले कलाकारिता क्षेत्रको विकास, विस्तार र उन्नयनमा सम्बन्धीत सबै पक्ष इमान्दारीपूर्वक लाग्नु पर्नेमा जोड दिए । कलाकारले गीतमार्फत समाजलाई परिवर्तन गर्नसक्ने भएकाले सोही अनुरुपको गीत गाउनु पर्ने बताउँदै कलाकारिता क्षेत्रको विकासका लागि गण्डकी प्रदेशले सहयोग गर्ने धारणा व्यक्त गरे । गण्डकी प्रदेश कलासंस्कृतिको माध्यमले निकै धनि रहेको बताउँदै यसको गरिमालाई जोगाईराखन कलाकारलाई आग्रह गरे ।

 सम्मानपश्चात गायक कस्तुप पन्त र सरोज साजन श्रेष्ठले साँगितिक प्रस्तुती राखेका थिए । पन्त पर्वतको फलेवास नगरपालिका७ लिमिठानामा जन्मिएर विगत दुई दशक देखी निरन्तर गित संगितमा लागेका छन् । एक हजार भन्दा बढि लोक तथा दोहोरी गीतहरुमा शव्द तथा लय सृजना र २ सय ५० भन्दा बढि आधुनिक गीत रचना तथा संगीत गर्नुभएका पन्त पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष समेत हुन ।

त्यस्तै सम्मानित भएको अर्का कलाकार सरोज साजन श्रेष्ठ पर्वतको देविस्थानमा जन्मिएका लोक पप गायक हुन् । सुगम संगित सहित लोकपप विधामा गित गाउन रुचाउने श्रेष्ठ लामो समयदेखी साँगितिक क्षेत्रमा सक्रिय छन् । उनका रमाईलो फलेवास, मायालुको देश, पापीनीले र तिमी फर्किएर जस्ता गित निकै चर्चित छन् ।  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)