Author
ParbatNepal

Contributor, ParbatNepal

1 month ago

1041




पर्वत समाज युएईद्वारा बनभोज कार्यक्रमको आयोजना
पर्वत समाज युएईद्वारा बनभोज कार्यक्रमको आयोजना

मंसिर २५, पर्वत अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर पर्वत समाज यूएईले दुबईमा बनभोज कार्यक्रम आयोजना गर्ने भएको यूएईमा रहेका पर्वतेहरुको साझा संस्था पर्वत समाज यूएईले डिसेम्बर २७ शुक्रवारका दिन दुवईको मुस्रिफ पार्कमा बनभोज कार्यक्रम आयोजना गर्न लागेको हो पर्वत जिल्लालाई साँस्कृतिक, मौलिक तथा पर्यटकिय रुपमा परिचित गराउने हाम्रो अभियान भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष सरोज जिसीले जानकारी दिनुभयो ।नयाँ बर्षमा शुभकामना आदानप्रदान गर्ने उद्देश्य सहित बनभोज कार्यक्रम आयोजना गरिएको जिसीले बताउनु भयो । 


दिउँसो १२ बजेबाट शुरु हुने उक्त बनभोज कार्यक्रममा नेपाली खानाका विभिन्न परिकारहरुका साथै स्थानीयस्तरका ख्यातीप्राप्त कलाकारहरु सँगै साँस्कृतिक कार्यक्रम आयोजना गरिएको समाजका महासचिव कलम लामिछानेले जानकारी दिनुभयो कार्यक्रममा यूएईमा बस्दै आएका पर्वते नेपाली दाजुभाई तथा दिदिबहिनी सहित विभिन्न संघसंस्थामा आवद्ध नेपालीहरुलाई निमन्त्रण गरिने भएको   महासचिव लामिछानेका अनुसार उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण आजिवन सदस्यलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिने भएकाले अनिवार्य उपस्थितीका लागि संस्थाले अपिल गरेको उक्त बनभोज कार्यक्रम संस्थाका प्रथम उपाध्याक्ष रुद्र सुवेदीको संयोजकत्वमा आयोजना गर्न लागिएको हो


समाजले हरेक बर्ष आयोजना गदै आईरहेको बनभोज कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिन लागेको हो कार्यक्रममा आउन जान सजिलोका लागि बरदुवईवाट यातयातको व्यवस्था समेत मिलाईएको संस्थाले जनाएको प्रवासमा रहेर पनि जिल्लाको विकास समृद्धिमा काम गदै आएको समाजले विभिन्न रचनात्मक एवम् सामजिक काम गदै आएको

सम्बन्धित समाचार ( प्रवास)