Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2720




गाईपालनवाट बार्षिक १० लाख आम्दानी
गाईपालनवाट बार्षिक १० लाख आम्दानी

चैत्र २४, पर्वत । कुस्मा नगरपालिका ७ खरेहाका गोविन्दराज पौडेलले गाइपालन गरेर वार्षिक रु १० लाख रुपैया भन्दा वढी आम्दानी गर्न सफल हुनु भएको छ ।

 वेरोजगारीका कारण लाखौ युवाहरु खाडिमुलुक पलायन भैरहेका वेला पौडेलले भने गाउँमै गाईपालन गरेर मनग्य आम्दानी गर्न सफल ह्ुनु भएको हो । पौडेल गाउँमा केहि गर्न सकिँदैन भननेहरुका लागि एउटा गतिलो उदाहरण समेत बन्नु भएको छ ।

३ वर्ष अगाडि दुवैवाट फर्केर गाउँमै केही गर्नपर्छ भन्ने सोचले ज्ञादि कटुवाचौपारीवाट रु ३६ हजारमा एउटा गाई ल्याएर सुरुवात गरेका पौडेलले अहिले ठूला साना गरी होलिस्ट्यान र जर्सी जातका १७ वटा गाई पु¥याउनु भएको छ ।

 शिवालय कृषि गाई फार्म दर्ता गरेर नमुना व्यावसयिक कृषक वन्ने उद्देश्य राखेका पौडेलले अहिले दैनिक विहान वेलुकी गरेर १ सयदेखि डेढ सय लिटर सम्म दुध वेच्ने गर्नुहुन्छ ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )