Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2009




सन्तोष सुवेदीको मोडल चन्दासँग दुई मिनेट आँखा जुधेपछि के के भयो .......
सन्तोष सुवेदीको मोडल चन्दासँग दुई मिनेट आँखा जुधेपछि के के भयो .......

गायक तथा पत्रकार सन्तोष सुवेदीको लोक दोहोरी गीत ‘बोल्नी मन छ अति’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक सुवेदी र पुर्णकला विसीको स्वरमा रहेको गीतमा कृष्ण सुवेदीको शब्द÷लय सिर्जना रहेको छ । 

थ्रीस्टार मिडियाबाट बजार व्यवस्थापन भएको गीतको भिडियोमा समिर थोकरले निर्देशन गरेका छन् । भिडियोमा निर्देशक थोकर र नायिका चन्दा दाहालले फिचरिङ गरेका छन् । भेनस फिल्मस प्रालिले निर्माण गरेको भिडियोमा सागर गौतमको छायांकन, प्रकाश एसकेको सम्पादन रहेको छ ।

आजभन्दा झन्डै चार वर्ष पहिले रेकर्ड भएको गीतको अडियो निकै रुचाइएको थियो । गीतको म्युजिक भिडियो पनि दर्शक स्रोताले रुचाउने आशावादीमा गायक सुवेदी छन् । सुवेदीका यसपछि ‘एक्लो छोरो म, हाई हाई हाई,’ गीत बजारमा आइसकेका छन् । छिट्टै नै पञ्चेबाजाको गीत आउने तयारी रहेको उनले सुनाए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतका सह–सचिव समेत रहेका सुवेदी पोखराको ताण्डव साप्ताहिकका कार्यकारी सम्पादक समेत हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)