Correspondent, ParbatNepal
7 years ago
3660
रोशन तिवारी पर्वत । सानै देखि मोडलमा रुची राख्ने सागर थापा अहिले चर्चामा पुगेका छन् । स्थानीय कलाकारहरुका गितमा मात्रै देखिने सागर पछिल्लो समय राष्ट्रिय कलाकारहरुका गितमा पनि मोडलिङ गर्न थालेका छन् । फलेवास नगरपालिका ३ शंकरपोखरीको साधारण परिवारमा जन्मिएका सागर अहिले चर्चित मोडल बन्न पुगेका छन् । उनको लगाव भएकै कारण धेरैका रुचीका पात्र बनेका छन् ।
प्राय भावुक गितमा उनको अभिनय सुट हुने गरेको छ । उनको अभिनय प्रतिको लगावले मुर्त रुप लिँदै गएको छ । उनले बिष्णु माझीको माया लाएरै हो , तिम्रो भईन म, रमेश क्षेत्रीको बाँसको डोली जस्ता चर्चित गित देखि लिएर पछिल्लो समय लोक गायक गायिका रामजी खाड र देवी घर्ती मगरको ‘दुई मुटुको बन्धन’मा सँगसँगै आएका छन् ।
तिलकबहादुर ओली र शिव कुँवरको शब्द रहेको गीतमा पुस्कल कुँवरले संगीत भरेका छन् । म्यूजिक भिडियोमा भने सागर थापा र सारिका केसी अभिनय गरेका छन् । सागर थापाले अहिले सम्म दर्जन बढि गितमा अभिनय गरेका छन् । उनी जति गितमा अभिनय गरेका छन् । ति गितहरु चर्चामा छन् ।
ग्रामीण क्षेत्रबाट उदाएका कलाकार थापालाई अझै बढि हौसला र साथको आवश्यकता छ । स्थानीय रमेश क्षेत्री अवसर पाउने हो भने सागरले धेरै प्रगति गर्न सक्ने बताउँछन् । कलाकारितामा चर्चामा आएकाहरु सहयोग र साथकै कारण चर्चित बनेको क्षेत्रीले बताउँदै सागरलाई पनि अवसरको खाँचो रहेको बताएका छन् । सागर अहिले राष्टिय रुपमा चर्चामा आउन खोजेका छन् ।
