Correspondent, ParbatNepal
7 years ago
1675
पर्वत - पर्वतको कुश्मा नगरपालिका ८ चुवालाई धार्मिक गन्तव्य बनाउन स्थानीयवासी जुटेका छन् । चुवामा रहेका धार्मिक स्थलहरुलाई समेटर विष्णुवाटिका अशोक्त मुक्तिमार्ग बनाउन थालिएको छ । उक्त विष्णु बाटिकामा १०८ पिपलका बोट रोप्ने योजना छ । नेपालकै अग्लो बिष्णुको मुर्ती बनाउने योजना समेत रहेको छ ।
स्थानीयले आँफैले स्वतस्फूर्त वाटिका , मुर्ती र चौतारी निर्माण गरेर धार्मिक गन्तव्य स्थल बनाउन लागेको वडाध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । लालेश्वर मन्दिर, लालेश्वर गुफा, र धनेश्वर देबी मन्दिरलाई समेत समेटेर १५० मिटर लामो मुक्तिमार्ग बनाउने योजना रहेको क्षेत्रीले बताउनुभयो ।
यसका लागि कहिँ कतैबाट बजेटको व्यवस्था भने भएको छैन् । वडाध्यक्ष क्षेत्रीले चुवाका बासिन्दाहरु धर्ममा बढि रुची राख्ने र यहाँका धार्मिक स्थललाई विकास गरि पर्यटकिय क्षेत्र बनाउन कस्सिएकाले आर्थिक समस्या नपर्ने बताउनुभयो । स्थानीयबासिन्दाले आफैँ रकम संकलन गरि यो कार्य गर्ने संकल्प लिएका हुन् । कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानले मुक्तिमार्ग, विष्णुको मुर्ती र पिपलका विरुवा रोप्ने अभियानको उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा बोल्दै लामिछानेले पर्वत चुवाका बासिन्दाले थालेको अभियान अरुका लागि प्रेरणदायी भएको बताउनुभयो । उहाँले स्थानीयबासिन्दाको अभियानलाई सफल बनाउन सहयोग गर्ने पनि बताउनुभयो । यहाँ चौपारी र मुर्ती कसैले बनाउन चाहान्छ भने सहयोग गर्न सकिने वडाध्यक्ष क्षेत्रीले बताउनुभएको छ ।
