Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1707




सांसद गिरीद्धारा नवनिर्मित सामुदायिक भवनको उद्घाटन
सांसद गिरीद्धारा नवनिर्मित सामुदायिक भवनको उद्घाटन

पुष २६ पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद  पदम गिरीले मोदी गाउँपालिका वडा न ६ मा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गरेका छन । स्थानीय सयपत्री महिला समूद्धारा निर्माण गरिएको उक्त भवनको एक कार्यक्रमका वीच सांसद गिरीले उद्घाटन गरेका हुन । 

भवनको उद्घाटन गर्दै गिरीले सामुदायिक विकासमा महिलाहरुको सहभागीता सार्थक बन्दै भएको बताए । उनले महिलाहरुले नेतृत्व गरेको संस्थाहरुमा भ्रष्ट्रचार कम हुने र विकास योजनाहरु समयमा पुरा हुने भएकाले अवको विकास निर्माणमा महिलाहरुको नेतृत्व अपरिहार्य रहेको समेत जिकिर गरे । भवनको उद्घाटन गर्दै सांसद गिरीले गाउँस्तरमा रहेका समस्याहरु समाधान गर्न आफूले सक्दो प्रयास गर्ने भन्दै खानेपानी, शिक्षा र सडक नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए । ग्रामीण परिवेशमा महिलाहरुको पहिलो समस्या टाडाबाट खानेपानी बोक्नुपर्ने रहेको भन्दै ग्रामीण क्षेत्रका सवै घरमा स्वच्छ पिउने पानी पुराउने गरी आगामी सरकारले योजना निर्माण गर्ने समेत उनले विश्वास दिलाए । 

प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई अमूल्य मत हाल्ने तिलाहारबासीलाई धन्यवाद र बधाई दिदै गिरीले अवको ५ बर्ष कुनै पनि नेपाली अभाव र पिडामा बाँच्न नपर्ने गरी आगामी बामपन्थीको सरकारले काम गर्ने समेत दावी गरे । 

भवन कुल ११ लाख ६७ हजार ७ सय ७८ रुपैंयाका लागतमा निर्माण भएको हो । भवन निर्माणका लागि स्वान नेपालले ५ लाख ८० हजार रुपैंया सहयोग गरेको छ । यसैगरी तिलाहार वडा कार्यालयबाट २ लाख ७४ हजार २ सय ७५ रुपैंया सहयोग प्राप्त भएको छ भने तल्लो मोदी जलविद्युत आयोजनाले ५० हजार नगद सहयोग गरेको छ । यसैगरी भवन निर्माणका लागि सयपत्री महिला समूहले १ लाख ४३ हजार १ सय ३ रुपैया लगानी गरेका छन भने गाउँ स्तरीय श्रमदान झण्डै १ लाख २० हजार रुपैंयाको रहेको थियो । भवन निर्माणभएसंग तिलाहारको ठानाका स्थानीयलाई सामुदायिक गतिविधिहरु सञ्चालन गर्न सहज हुने भएको छ । 

भवनमा सामुदायिक गतिविधिका कार्यक्रमहरु साथै तालिम सञ्चालन गर्न मिल्ने हल समेतको निर्माण गरिएको छ । दुई वटा कार्यालय कक्ष र १ वटा सभा हल सहितको उक्त भवनमा शौचालय र तारबारको भने समस्या रहेको समूहले जनाएको छ । उक्त समस्या निकट भविश्य मै समाधान हुने गरी योजना गरिने प्रमुख अतिथि गिरी र वडा अध्यक्ष विमल लामिछानेले प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष लामिछानेले वडा भरीकै उत्कृष्ट कार्य सम्पादन गर्ने टोलका लागि आफूले विकासका अरु थूपै्र योजनाहरु वडा र गाउँपालिकाबाट विनियोजन हुने प्रतिबद्धता समेत जनाएका छन । 

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य नन्दलाल सुवेदी, मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महत, वडा अध्यक्ष विमल लामिछाने, तल्लो मोदीका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासे, नेकपा एमाले वडा कमिटि अध्यक्ष बाबुराम पराजुली, माओवादी केन्द्रका तुलसी गिरी, नयाँ शक्तिकी देवी लामिछाने, महिला समूहकी रुककुमारी केसी, स्थानीय क्षेत्रबहादुर रेग्मी लगाएतले मन्तब्क्त ब्यक्त गरेका थिए । 

महिला समूहकी अध्यक्ष कमला रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत अस्मिता जिस् िर सञ्चालन किशोर मनस्वीले गरेका थिए ।  


सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)