Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2221




कुनपा १२ ठुलीपोखरी साक्षर घोषणा
कुनपा १२ ठुलीपोखरी साक्षर घोषणा

रोशन तिवारी माघ १० पर्वत - पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीलाई पूर्ण साक्षर घोषणा गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रदेश सभा पर्वत क्षेत्र नम्बर १ का साँसद नेत्रनाथ अधिकारीले ठुलीपोखरीलाई साक्षरता भएको औपचारिक घोषणा गर्नुभयो । 


यो सँगै ठुलीपोखरी पर्वतको ५७ औँ पूर्ण साक्षर वडा घोषित भएको छ । साक्षरता अभियानको क्रममा वडामा रहेका १५ बर्ष देखी ६० बर्ष उमेर समुहका ९६.१२ प्रतिशत साक्षर भएपछि वडालाई पूर्ण साक्षर घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा क का उम्मेदवार नेत्रनाथ अधिकारीले साक्षर नेपाल अभियानमा सहयोग गर्न सबैलाई आग्रह गनुभयो । उनले साक्षरता घोषणा संगै यसको सफल कार्यन्वयनको लागि निरन्तर सिकाईको विकास सहित आयआर्जनमा लाग्नुपर्नेमा जोड दिनुभयो । शिक्षाबाटै देशको विकास हुने र देश साक्षर हुन घर परिवारबाटै सुरुवात गर्नुपर्ने अधिकारीले बताउनुभयो ।


आफुले शिक्षा क्षेत्रमा धेरै काम गरेको बताउँदै यहाँको शैक्षिक अबस्था र आबश्यकताको बारेमा जानकारी भएकाले क्षेत्रमा रहेर पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले साक्षरता विकासको एक सुचक समेत मानिने भएकाले साक्षरताको अभियानलाई निरन्तरता दिनुपर्ने वताउनुभयो । उहाँले जिल्ला मानव विकास सुचकाँकमा धेरै अगाडी रहेको भएको वताउँदै यसलँई दिगो वनाउन निरन्तर परिश्रम जारी राख्नुपर्ने आवश्यकता औल्याउनुभयो 


कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले वडालाई पूर्ण साक्षरता घोषणा गरेपनि साक्षरता अभियान जारी रहने बताउनुभयो । त्यसक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका श्रोत व्यक्ति रामप्रसाद लामिछानले पनि बोल्नुभएको थियो । 


वडा अध्यक्ष एवं गाउँ शिक्षा समितिका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जनता सुर्दशन मा.विका शिक्षक आनन्द रिजालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न भजन कृतन सहित विद्यार्थीले विभिन्न नृत्य तथा गित प्रस्तुत गरेका थिए । 


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )