Correspondent, ParbatNepal
8 years ago
1914
बैशाख ७, पर्वत । २०७४ सालको एसईई परीक्षा दिएर बसेका प्राविधिकतर्फका बिदार्थीको पढाई अन्यौलमा परेको छ । जिल्लामै कक्षा ११ र १२ मा पढाई हुने बिद्यालय अभाव र प्राविधिक पढाउन स्वीकृति मागेको बिद्यालयलाई स्वीकृति नदिदा जिल्लामै उनीहरुले पढ्न पाउने अवस्थामा अन्यौल भएको हो ।
जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ६ स्थित नवजागृत माध्यमिक बिद्यालयबाट २४ जना बिद्यार्थीले सबओभरसियर अध्ययन गरेका थिए । उनीहरुले ०७४ सालको एसईई परीक्षा दिएर बसेका छन् । नवजागृत माध्यमिक बिद्यालयमै कक्षा ११ र १२ अध्ययन गर्न पाउने आशामा बसेका बिद्यार्थीहरु गाउँपालिकाले स्वीकृति दिने बिषयमा भएको ढिलाईले अन्यौल गराएको छ ।
९ र १० कक्षामा सबओभरसियर पढाई सुरु गरेको बिद्यालयले यही शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा पनि सिभिल इन्जिनियरिङ बिषय अध्ययन गराउने तयारी गरेको थियो । तर, अहिलेसम्म गाउँपालिकाले स्वीकृति नदिदा अन्यौल भएको बिद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद शर्माले जानकारी दिए । असोजमै अनुमतिका लागि सबै कागजात बुझाएपनि नपाएको उनले बताए ।
गाउँपालिकाले ११ र १२ कक्षाको अनुमति दिएमा सबओभरसियर बिषयमा एसईई दिएका बिद्यार्थीले थप तीन बर्ष गाउँमै पढ्न पाउने प्रधानाध्यापक शर्माले बताए । उनीहरुले ३ बर्षे कक्षा अध्यापन गरेपछि ओभरसियर तहको अध्ययन पुरा हुनेछ ।
देशमा शैक्षिक बेरोजगार बढि भएको बेला प्राविधिक बिषयको अध्यापनले दक्ष जनशक्ति उत्पादन हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लामिछानले जानकारी दिए ।
