Contributor, ParbatNepal
7 years ago
2025
गत वर्ष सेप्टेम्बरमा पोर्चुगलमा हत्या गरिएका पर्वतका हरि बहादुर जिसीको हत्यारालाइ त्यहाँको अदालतले १६ वर्षको जेल सजाय तोकेको छ ।
सेप्टेम्बर २०१७ मा पोर्चुगलको राजधानी लिस्वोनमा पर्वत जिल्लाको मल्लाज घर भएका हरि बहादुर जिसीको धादिङका अर्जुन सापकोटाले खुला सडकमा छुरा हानी हत्या गरेका थिए। मङ्गलबार लिस्वोन स्थित क्याम्पु जुस्टिका ओरियन्ट अदालतले सापकोटा बिरुद्ध उक्त फैसला सुनाएको हो।
साहुले काम मन नपरेको भनेर निकालिएको प्रतिसोध साध्ने नियतले सापकोटाले मृतक जिसी र उनका भाइ ओम जिसी माथि अन्धधुन्ध धारिलो हतियार प्रहार गरेका थिए। उक्त घटनामा छुरा प्रहारबाट ओम जिसी पनि गम्भिर घाइते भएका थिए। हत्यापछि फरार सापकोटालाई केही दिनभित्रै नेपालीहरुले समातेर प्रहरीलाई बुझाएका थिए ।
मंगलबार अदालतले हरिको योजनावद्ध हत्या गरेकोमा १३ वर्ष र ओमको समेत हत्या गर्ने प्रयास गरेकोमा थप तीन वर्ष गरी कुल १६ वर्षको सजाय तोकिएको बताएको छ।
पर्वत मल्लाजका हरि बहादुर जिसी ५ बर्षअघि पोर्चुगल गएका हुन । नेपालमा कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केहि समय वेल्जियम बसेर उनि पोर्चुगल गएका थिए । पोर्चुगलमै बसेर त्यहीको स्थाई बसोबासको अनुमतिपछि अहिले श्रीमति र एकछोरी समेत लगिसकेको थिए । सामान्य आर्थिक अवस्थाका जिसीका ३ भाई मध्ये मृतक हरि बहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन ।
