Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

7 years ago

2667




समाज सेवामा उज्वलवहादुर गुरुङको लगाव
समाज सेवामा उज्वलवहादुर गुरुङको लगाव

साजन परियार – कुश्मा, पर्वत ।  आफ्नो लाभ वा स्वार्थभन्दा माथि उठेर समाज, राष्ट्र र सम्पूर्ण मानवताका लागि उपयोगी कार्यमा आफूलाई समर्पित गर्ने समाजसेवीहरू कमै भेटिन्छन् । निस्वार्थ सामाजिक काम लाग्नेहरुको सानो सुचिमा पर्ने व्याक्ति मध्येमा पर्छन उज्वलबहादुर गुरुङ ।

स्वार्थ, लोभ र बर्बरतातर्फ उन्मुख वर्तमान समयमा समाजसेवाको आफ्नै महत्व र महिमालाई आत्मासाथ गर्दै आएका गुरुङ पर्वतको महाशिला गाउँपालिका –१ होश्राङ्दीमा जन्मिएर हाल लण्डनमा बसोबास गर्दै आएका छन् । बिदेश गएपछि देशलाई विर्सनेहरु माझ उनी भने बिदेश भएपनि देशकै सपना देख्छन् । यहिँको माटो सम्झिरहन्छन् । समाजसेवामा समर्पित भइरहन्छन् ।


सुख र दुःखमा गाउँलेको सारथी बनेका उनै गुरुङलाई हामीले आज प्रस्तुत गर्ने जमर्को गरेका छौँ ।  उनी एक सामजिक अभियान्ता हुन् । समाजका हरेक विकास निर्माण देखी हरेक नेपालीको सुख–दुःखमा उनको नाम जोडिन्छ ।

उनी पेशाले ब्रिटिस आर्मी हुन् । उनी वि।स २०४१ सालमा भर्ती भएका थिए । बाध्यता वा परिस्थितीले उनी देश भन्दा बाहिर रहेपनि गाउँका हरेका सुख– दुःखमा साथ र सहयोग गर्दै आएका छन् । दिनदुखी र असहायहरुको सहयोग गर्न उनी कहिल्यै पछि पर्दैनन् । आफु जन्मिएको ठाउँ आफुलाई जन्मदिने बाबुआमा सरह प्यारो हुन्छ । उनी भन्छन् ‘यो जीवन अरुको लागि होइन, भने यो जीवन नै होईन ।’ हरेक मानिसले आफ्नो जन्मभुमीलाई थोरै सहयोग गर्न सकियो भने पुग्छ, । त्यसैले आफ्नो जन्मगाउँका मानिस अप्ठ¥यारोमा परेको खवर सुन्न साथ सहयोग गर्न मन लाग्छ ।


गुरुङले गत बैशाखमा आगलागीबाट आफ्नो घर गोठ गुमाएका ६१ बर्षीय खरिलाल अधिकारीको नयाँ घर बनाईदिएका थिए । खरिलालको बैशाख १६ गते गोठमा गाईबस्तुलाई खोले पकाउँदै गर्दा आगलागी भएपछि उनको पशु चौपायसहित घर गोठ जलेको थियो । सामाजिक सञ्जाल मार्फत महाशिला गाउँपालिकामा कार्यरत पशु प्राविधिक दिनेश गुरुङले खरिलाल अधिकारीको घर निर्माण अभियान सञ्चालन गरेका थिए । उक्त खवर सुनेपछि तिनै गुरुङको मन दुख्यो र  तिन लाख खर्च गरेर घर बनाईदिएका थिए । यो त एउटा समाजसेवाको उदाहरण मात्रै हो ।


गुरुंङ्ले आफ्नो दुई भाइलाई पनि ब्रिटिस आर्मी बनाएका छन् । र कान्छा भाइलाई बिंटिस आर्मी हुंदा कमाएको सम्पुर्ण सम्पति दिएको उहाँ बताउनु हुन्छ । गुरुंङ्ले आफ्नो परिवारलाइ हेरे बापत कुनै तिर्थ यात्रा र पुण्य गर्नु आवस्यक नपर्ने जिकिर गर्नुहुन्छ । त्यति मात्र नभई उनले गांउको बिद्यालयमा मन्दिर  बनाउन र गांउमा मोटरबाटो ल्याउनुमा गुरुङको महत्वपूर्ण योगदान छ । थुप्रै सामजिक काम गरेका गुरुङले अर्गाउँदिमा बाबा र आमाको नाममा र इकाङ्ंमा सासु र ससुराको नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्षकोषको रकमवाट गरिव, दुखी र पछाडी परेका वर्गहरुलाई सहयोग गदै आउनु भएको छ ।


                                                                                     उज्वलवहादुर गुरुङद्धारा निर्मित घर 

 गुरुङले तमु पेहेलु संङ्ग युकेलाई पनि सहयोग गदै आउनु भएको छ । लण्डनको व्यस्त जिवन अनि त्यसमा पनि सधै जसो भईरहने पार्टी र भेटघाटमा उनीको सहभागिता मात्र होईन पर्वतमा गरिने हरेक कार्यक्रममा उनको महत्वपूर्ण सहयोग रहन्छ । धन र मन दुवैले सहयोग गर्ने गुरुङ नेपालमा सामाजिक अभियान्ताका रुपमा परिचित बनेका छन् ।नेपालमा रहेका असहाय एवं दिनदुखीको सेवा गर्न पाउँदा आफुलाई भाग्यमानी ठान्छन् । त्यतिमात्र होईन नेपालमा २०७२ साल बैशाख १२ मा गएको बिनाशकारी भुकम्पका बेला पनि उनले निरन्तर सहयोग गरेका थिए । संसारको जुनसुकै कुनामा रहेपनि नेपाल र नेपाली दुःख परेको सुनेपछि मरिमेटेर सहयोग गर्र्ने गुरुङले नेपालमा गएको बाढिपहिरो,आगालागी जस्ता घटनाका समाचार सुन्दा निकै दुःख लाग्ने सुनाउँछन् । आफु लण्डनमा भएपनि आफु बाँचुन्जेल नेपाल र नेपालीहरुको हरेक सुख–दुःखमा सहयोग गर्ने बाचा गर्छन् ।


जिवनमा आफुले धेरै संघर्ष गरेर यहाँसम्म आएको बताउने गुरुङको जिन्दगीको कथा बैग्लै छ । उनी भन्छन्,‘म घरको जेठो छोरा हुँ, मेरा दुईवटी आमा हुनुहुन्थ्यो । म महाशिलाको भोक्सिङमा अवस्थित महेन्द्रोदय मा।विमा पढेको हुँ । म गाउँमा दुःख गरेर हुर्केको मान्छे हुँ । मेरो भाग्य र कर्मले गर्दा ब्रिटिस आर्मीमा भर्ती भई अहिले यो अवस्थामा आएर सबैलाई सहयोग गर्नु पाउदा साह्रै खुशि लागेको छु । आफु निरन्तर समाजिक सेवामा लाग्र्ने तर्क गदै समाज सेवामा लाग्ने मानिस अन्य मानिसको अप्ठ्याराहरुको सारथी बन्नुपर्ने उनले तर्क छ ।


सम्बन्धित समाचार (जिल्ला )