Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 months ago

356




दलित ‘पनि’ हिन्दु
loading...
दलित ‘पनि’ हिन्दु



लेखक–प्रेम विश्वकर्मा 

कानुनद्वारा तिरस्कृत, शूद्र, मूलधारबाट पन्छाइएका, सीपहीनहरूले कजाएका सीपका धनी, घोचिएका, मिचिएका, सेवा गर्दागर्दै नथाकेका दलित देशैभरि छरिएका छन् तराईमा अधिकांश दलित भूमिहीन छन्। मुलुकको साक्षरता ६५.९ प्रतिशतमध्ये पुरुष ७५.१ प्रतिशत महिला ५७.४ प्रतिशत छन् दलित ३३ प्रतिशतमात्र साक्षर छन् निजामती सेवामा दलितको उपस्थिति जम्मा प्रतिशत

दलित विद्यार्थी

पहाडका तराईका १९ जाति दलित आयोगमा सूचीकृत छन् मोफसलका ९९ प्रतिशत दलित बालबालिका सामुदायिक विद्यालय पढ्छन् एक कक्षामा भर्ना भएका एक तिहाइभन्दा कम दस कक्षा पुग्छन् कक्षा चढ्दै जाँदा संख्या गुणस्तर खस्किँदैछ नपढेका अभिभावक भएकाले विद्यालय नै सिकाइको केन्द्र हो सिकाए पढ्यो, नत्र खेलेर बितायो

सरस्वती पूजामा दलित विद्यार्थीलाई छुट्टै राखेर प्रसाद दिइन्छ धारो नभएको विद्यालयमा दलित विद्यार्थीलाई जगबाट धारो बनाएर पानी दिन्छन् वा दिँदै दिँदैनन् गैरदलितसँगै बसेर खाँदैनन् बराखीको शिक्षकले दलितको गृहकार्य जाँच्दैन घर, मन्दिर, धारा, स्कुल, कक्षाकोठा सबैमा विभेदैविभेद अनि कसरी पढ्छन्, सामुदायिक स्कुलमा दलितका सन्तानरु

घरपायक शिक्षक

शिक्षामा भन्दा शिक्षकमा गुणस्तरीयता चाहिन्छ शिक्षक स्कुलमा भन्दा घरधन्दामा व्यस्त छन् उनीहरू राजनीतिक कार्यकर्ता पनि हुन् ब्याज खाने साहु गाउँकै स्कुल पढाए पनि भयो, नपढाए पनि भयो तलब आइहाल्छ, किन मरिमेट्नेरु विद्यार्थी पास नभए अभिभावक विद्यार्थीलाई दोष व्यवस्थापन समितिमा शिक्षकभन्दा कम योग्यता उमेरका आफ्नै भाइसाथी कनिष्ट छन्, जसलाई फकाउन, फुर्काउन, घुर्की लाउन सकिन्छ

घरमा छुवाछूत गर्ने, विद्यालयमा किन नगर्नेरु गाउँकै शिक्षक भएकाले विभेदमा कमी आएन पानी पाक्शिक्षामा दलित विद्यार्थी बञ्चित हुन्छन् चलनचल्तीको भूमिका दिइन्छ पेसामा परिवर्तन, व्यवहारमा पुरातन चेतनामा परिवर्तन, सभ्यतामा पुरातन बाबुबाजेले चलाएको चलन स्थानीय शिक्षकले तोड्ने आँट गरेन बाहिरबाट आएको शिक्षक विभेदमा लचक देखियो बसाइँसराइले परिवर्तन निम्त्याउँछ

कार्यालयको भूमिका

शिक्षा कार्यालयले विद्यालयको भेदभाव मापन गरेन शिक्षक, हेड शिक्षक, स्रोतव्यक्ति, निरीक्षक, शिक्षा अधिकारी अधिकांश विद्यार्थी गैरदलित छन् छुवाछूतका सवालमा सबै मौन आफू पीडामा परेकै छैन उजुर परे पनि गाउँको कुरा गाउँमै मिलाऊँ भनिन्छ नछुनु नैसर्गिक अधिकार ठान्छ त्यहींको वासिन्दा उनैकोमा गोठालो, खेतालो गर्नुपर्ने हो, किन दुश्मनी गर्नु भन्छ, पीडितरु विद्यालय निरीक्षक विद्यालयमा छुवाछूतका विषयमा सोधखोज गर्दैनन् आफू दलित परिएन छुवाछूतका विषयमा कुरा उठाएर आफ्नै जातसँंग किन क्रान्तिकारी बन्ने?

कार्यकर्ताको दायित्व

शिक्षक गाउँका टाठाबाठा भएकाले दलीय राजनीति धानेका छन् लोकतन्त्रवादीहरू छुवाछूतलाई धर्म संस्कारलाई दोष दिन्छन् वामपन्थीहरू जातपात धर्म नमान्ने तर अहिलेलाई जात तोड्ने आँट गर्दैनन् घर बाहिर सँंगै बसेर खाइन्छ, तर गाउँघरमा बुढापाकाले मान्दैनन् भन्छन् परिवर्तन गर्ने आँट कसैको हुँदैन समाजलाई दोष दिएर कमजोरी लुकाउने प्रवृत्ति दलित जसरी पनि भोट दिन्छन् जुनसुकै पार्टीको मिटिङमा बाहिरै बसेर सुन्छन् सिद्धान्त जान्या छैन, जसको हावी , उसैलाई भोट

पुर्खाको चलन

संविधान कानुन मान्ने हो भने छुवाछूत भेदभाव हुँदैनथ्यो संविधान कानुन नमान्ने अपराधी हो, हामी नमान्दा पनि अपराधी भएनौं हामी धर्ममा अडिएका छौं, हामीलाई परम्पराले छेक्यो, पुर्खाले चलाएको चलन संविधानले रोकेन हाम्रो कानुन पालना गरे पनि हुने, नगरे पनि हुने हामीलाई पेसागत मर्का पर्दा युनियन, सम्बन्धित निकाय न्यायालय धाउँछौँ तर आफै न्याय गर्ने ठाउँबाट संविधान कानुन मिच्दा अपराधबोध भएन

पेसा कब्जा

सनातन वैदिक धर्मले दलित जातिलाई काम लाग्ने पेसा दियो अहिले ती पेसा गैरदलितको कब्जामा भए बाहुनले रक्सी मासुको व्यापार रोजे, छुवाछूत छोडेनन् पेसा तोडियो, भेदभाव तोडिएन विद्यालय जस्तो पवित्र ठाउँमा गुरुहरूबाटै छुवाछूत भयो, सरोकारवाला निकायले कारबाही गरेन

शरम मान्नुपर्ने होशिक्षकले, स्रोत व्यक्तिले, विद्यालय निरीक्षकले अनि शिक्षा अधिकारीले कामीले भाँडाकुँडा हातहतियार बनाउँछन्, सामानको सम्मान गर्यौं, बनाउनेलाई घृणा दमैले लुगा सिलाउँछन्, लुगाको इज्जत गर्यौं, सिलाउनेलाई तिरस्कार सार्कीले जुत्ता बनाउँछन्, जुत्ताको सम्मान गर्यौं, सिलाउनेलाई अपमान यी पेसा अपनउनेलाई नवकामी, नवदमाई नवसार्की बनाउन सक्यौं पेसा हत्याइयो, जात जहाँको त्यहीं छाडियो

जबर्जस्ती हिन्दु

दलितहरू जबर्जस्ती हिन्दु हुन् उनीहरूको थर, गोत्र संस्कार बाहुन, क्षत्रीसँग मिल्छ वर्णाश्रम व्यवस्थाको कान्छो वर्ण उपल्ला जातिबाट पेलिएको, हेपिएको दलिएको उनीहरू इष्टदेवताको मूर्तिका जन्मदाता भए पनि छुन दर्शन गर्न पाउँदैनन् पूजाको प्रसाद खुसी मनले दिंँदैनन् पुजारी दलितहरू हिन्दु नै होइनन्पनिहिन्दु हुन्, गैरदलितले दलित पनि हिन्दु हुन् भन्छ हिन्दुको जनसंख्या ८० प्रतिशत नघाउन दलितहरू पनि हिन्दु भए दलितले आफूलाई हिन्दु माने, हिन्दु धर्मले उनीहरूलाई अनुयायी मानेन

दलितको भूमिका

हिजो बाबुबाजेले पढेनन्, मैले नपढेर चल्यो, यिनलाई किन पढाउनुपर्योरु आज पढ्न पठाएकै , पढ्ला नि दिनभरि काम गर्यो, साँझ एकदुई गिलास लियो छोराछोरी स्कुल गएरगएनन्, स्कुलमा के पढे सोधिएन पास भए छोराछोरीले जानेर, नभए शिक्षकले नपढाएर अशिक्षित अभिभावक, शिक्षाको महत्त्व नबुझेको समूह शिक्षा नैसर्गिक अधिकार हो भन्ने नबुझेका आफूले नपढेर धोका पाइयो भन्ने नजानेका शिक्षा अधिकारका विषयमा थोरै चेतना पलाएको

अन्त्यमा, महाकवि कालीदासदुब्लाएको देखेर रोए रे, हामी सिंगो दलित शिक्षा भासिँदा रोएनौं शिक्षक तालिममा दलित विद्यार्थीको अवस्थाबारे चर्चा गरौं शिक्षकले विद्यालय, समुदाय घरमा छुवाछूत गर्दिन भनेर सपथ ग्रहण गराऔं

स्रोतव्यक्ति, विद्यालय निरीक्षक शिक्षा अधिकारीले विद्यालयमा छुवाछूतका घटना भएरनभएको अनुगमन गरौं छुवाछूत गर्ने शिक्षकलाई सम्झाऊँबुझाऊँ, नमाने दण्ड दिने आँट गरौं उत्पादित वस्तुलाई जस्तै बनाउनेलाई पनि सम्मान गरौं परिवर्तनलाई व्यवहारमा उतारौं

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( व्यक्ति र व्यक्तित्व)