Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

782




पर्वतको भोर्लेमा आधारभूत तथा घरधुरी सर्वेक्षण कार्यक्रम सम्पन्न
पर्वतको भोर्लेमा आधारभूत तथा घरधुरी सर्वेक्षण कार्यक्रम सम्पन्न

साजन परियार,पर्वत । बालमैत्री वडा स्थापनाका लागि पर्वतको पैयुँ गाउँपालिका भोर्लेमा स्थानीय शासन आधारभूत सर्वेक्षण तालिम तथा घरधुरी सर्वेक्षण कार्यक्रम गरिएको तिन दिनसम्म संचालन भएको तालिम सोमवार सम्पन्न भएको

तालिम पश्चात आजबाट २९ गतेसम्म घरधुरी सर्वेक्षण गरिने गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्रको गाउँको वस्तुगत विवरण तयार तथा अध्यावधि गर्नको लागि घरधुरी सर्वेक्षणको लागि १५ गणकहरुलाई आधारभूत तालिम प्रदान गरिएको हो   पैयु गाउँपालिकाको व्यवस्थापक भोर्लेको आयोजनमा तालिम सम्पन्न भएको हो तालिममा २० जनाको सहभागिता रहेको थियो

तालिमको डाक्टर कमल फुयाल, मधुसुधन अधिकारी कपिल फुयाल, बिजय महर्जन अर्जुन भट्टाराईले गणकहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो गणकहरुको काम कर्तब्य अधिकारको बारेमा गणकहरुलाई प्रशिक्षण दिईएको थियो सैदान्तिक प्रयोगात्मक विधिबाट संचालन गरिएको तालिममा गणकहरुलाई तथ्यांक ,यसको महत्व संकलन विधिका बारेमा स्पष्ट ज्ञान दिई घर घरमा गई घरधुरी सर्वेक्षण फारम समेत भर्न लगाईने वडा सचिव सरिता परियारले जानकारी दिनुभयो

आफ्नो नगरको प्रोफाइल तायरी गर्ने कार्यमा संलग्न हुन पाउँदा आफुहरु खुसी भएको सहभागीहरुले बताए  तालिमको उद्घाटन गदै गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको तिवारीले परिवारदेखि टोल समुदाय सबैले मिलेर बालहितका पक्षमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने ठोस धारणा बनाउन पनि त्यत्तिकै जरुरी रहेको बताउनु भयो

गाउँपालिकाकी उपाध्यक्ष जसमती गुरुङले सुन्दर, शान्त समुन्नत ढंगले मानव बसोबासयोग्य गाउँ बनाउने पहिलो सूचक बालमैत्री व्यवहार नै भएको विचार व्यक्त गर्नुभयो    वडाध्यक्ष भिमवहादुर गुरुङले बालबालिकाका अधिकार सुरक्षित गरी स्थानीय तहलाई बालमैत्री बनाउन सबै सरोकारवालाको सहयोग जरुरी भएको बताउनुभयो

 पछिल्लो समय भोर्लेलाई बाल मैत्री स्थानीय शासन युक्त वडा बनाउन त्यहाँका स्थानीय जुटेका छन् हाम्रो इच्छा अर्थपूर्ण बालमैत्री भोर्लेको  प्रतिक्षा भन्ने मुल नाराका साथ वडामा बालमैत्री गतिविधी गदै आएको   बालमैत्री स्थानीय शासनका न्युनतम सूचकहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागीता संस्थागत विकास सम्बन्धीका सूचकहरु पुरा गरेपछि भोर्लेलाई आगमी चैत्र मसान्तसम्म बाल मैत्री स्थानीय शासन युक्त वडा घोषण गर्ने तयारी रहेको वडा सचिव परियारले बताईन

सम्बन्धित समाचार ( स्थानीय तह)