Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 months ago

233




व्यवसाय दर्ताका लागि घुम्ती शिविर
loading...
व्यवसाय दर्ताका लागि घुम्ती शिविर

पुष ८ पर्वत । जिल्लाको जलजला गाउँपालिकाले व्यवसाय दर्ताका लागि घुम्ति शिबिर सञ्चालन गरेको छ ।  गाउँ कार्यपालिकाको निर्णय अनुसार वडावडामा टोली खटाएको छ । व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि शनिबारदेखि वडा स्तरमा घुम्ति टोली खटाइएको प्रमुख प्रसासकिय अधिकृत मुना अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले सूचना मार्फत करको दायरामा आउन व्यवसायीहरुलाई चेतावनी दिँदा पनि दर्ताका लागि नआएपछि टोली पठाएर करको दायरामा ल्याउन लागिएको अधिकारीले बताउनुभयो ।

मल्लाज स्थित ३ नम्बर वडा कार्यालयबाट सुरु भएको घुम्ति शिविर ९ वटै वडामा १७ दिनसम्म सञ्चालन हुने अधिकारीले बताईन् । दुई दिनमै दुई सय भन्दा धेरैजनाले कर तिरेका छन् । सम्पती तथा भूमिकरका फोकल पर्सन नायव सुब्बा भेषनाथ आचार्यको नेतृत्वमा सूचना प्रविधि अधिकृत मिलन मल्ल, कर्मचारीहरु शुशिला शर्मा ढकाल, अनिताकुमारी शर्मा, उदयचन्द्र श्रेष्ठ, इन्द्रबहादुर खत्रीको टोली परिचालन गरिएको छ । सम्बन्धित वडाका जनप्रतिनिधिहरु र सचिवसँगको समन्वयमा टोलीले कर सकलन गर्ने जलजलाका प्रवत्ता एवं वडा नम्वर ३ का अध्यक्ष रवि भण्डारीले बताउनुभयो ।

एउटा वडामा एक देखि दुई दिनका दरले पुष २२ गतेसम्म घुम्ति टोली परिचालन गरिएको उनले बताए । जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन सुरु गरेको हो ।

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)