Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

10 months ago

469




जलजलाका अध्यक्ष मल्लको पहलमा मोहन चोक–मल्लाज सडक कालोपत्रे,पाँच बर्षमा मुख्य सडक कालोपत्रे गर्ने
loading...
जलजलाका अध्यक्ष मल्लको पहलमा मोहन चोक–मल्लाज सडक कालोपत्रे,पाँच बर्षमा मुख्य सडक  कालोपत्रे गर्ने

पर्वतजलजला गाउँपालिका ४ मोहनचोक देखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक स्तारोन्नती सुरु भएको छ । बेनीमालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नती गर्न लागिएको हो ।

ट्याक खुलेको बीस वर्षपछि गाउँपालिकाको पहलमा स्तरोन्नती गर्न सुरु भएको छ । २०५५ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा ट्याक खुलेको सडकलाई जलजला गाउँपालिकाले स्तरोन्नती गर्न लागेको वडा अध्यक्ष भिष्म मल्लले जानकारी दिनुभयो । फराकीलो बनाउने, ग्यावियन र पक्की पर्खाल लगाउने, नाली बनाउने, ढलान र कालोपत्रे गरीने उहाँले बताउनुभयो ।

गत वर्ष बिनियोजन भएको ९० लाख रुपैयाँबाट उपभोक्ता समिति मार्फत सिद्धको थान भन्ने ठाउँसम्म फराकिलो बनाएको सडकलाई यस वर्ष ढलान, नाली र पर्खाल निर्माण गरी स्तरोन्नतीलाई पूर्णता दिन लागिएको छ । सडकको प्रवेश बिन्दुमा पर्ने मोहनचोक नजिकै खोलाको किनार र खेतको बिचमा रहेको २८३ मिटर सडक ढलान गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र मल्लले बताउनुभयो । आठ मिटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ ।

गत वर्ष सडक विस्तारपछि जोमिखयुक्त भएको ठाउँमा ४५ मिटर पक्की पर्खाल पनि निर्माण गर्न लागिएको छ । २०० थान ग्यावियन पर्खाल निर्माण गर्ने लक्ष्य अनुसार ८९ थान ग्यावीयन पर्खाल निर्माण भइसकेको छ । सडक स्तरोन्नतीका लागि यस वर्ष गाउँपालिकाले ९९ लाख रुपैयाँ बिनियोजन गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

गत वर्ष नयाँ ट्याक खोलेर घुमाउरो सडकको एक किलोमिटर दुरी छोट्याइएको छ । हाल साढे तिन मिटर चाक्लो रहेको सडक कम्तीमा आठ मिटर फराकीलो बनाइने भएको छ ।

सडकवारे पर्वत नेपाललाई प्रतिक्रिया दिँदै अध्यक्ष मल्लले सडकको स्तरोन्नतीका लागि तिव्र गतिमा काम भईरहेको जानकारी दिँदै पाँच बर्षभित्र गाउँपालिका मुख्य सडकखण्ड कालोपत्रे गर्ने आफ्नो योजना गरेको जानकारी दिए । 

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)