Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

9 months ago

322




प्रवासीको सहयोगमा मिलनचोक र मोहनचोकमा सिसिटिभी क्यामेरा जडान
loading...
प्रवासीको सहयोगमा मिलनचोक र मोहनचोकमा सिसिटिभी क्यामेरा जडान

पर्वत नेपालसंवाददाता । पर्वतको जलजला गाउँपालिकाको मिलनचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो । मालढुङ्गाबेनी सडक अन्तरगत पर्ने मिलन र मोहनचोकमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि बजार व्यवस्थापन समितिले जडान गरेको सिसिटिभी क्यामेरा मार्फत अस्थाई प्रहरी चौकी मिलनचोकबाट निगरानी गर्न सकिने भएको छ ।

सिसिटिभी र पावर ब्याकअप खरिद तथा जडानका लागि जलजला गाउँपालिका ६ ठोट्नेरीमा जन्मिएका पुनले एक लाख चालीस हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गर्नुभएको स्थानीय ओमप्रकाश शर्माले बताउनुभयो । सिसिटभी क्यामेराको शनिबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभयो ।

अध्यक्ष मल्लले सहयोगदातालाई धन्यवाद दिदै गाउँपालिकाको बजार क्षेत्रको सुरक्षाका लागि थप सिसिटिभी क्यामेरा जडानको आवश्यकता महशुस गरिएको बताउँदै अपराध, विकृती, दुर्घटन न्युनीकरणका लागि समुदाय, स्थानीय सरकार र समुदायबीच सहकार्यमा जोड दिनुभयो ।

जलजला गाउँपालिका ७ का वडा अध्यक्ष टुङ्गनाथ शर्माले वडा पालिकाले थप एक वटा सिसिटिभी क्यामेरा जडान गर्न लागेको बताउनुभयो । जलजला ४ का वडा अध्यक्ष भिष्म मल्लले बस्ती विकास र सहरीकरण तिब्ररुपमा भइरहेको मिलनचोक र मोहनचोकमा थप सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने बताउनुभयो ।

मिलनचोक बजार व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता, ओमप्रकाश शर्माको सञ्चालन र जमुना आचार्यको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जलजला गाउँपालिका ८ का वडा अध्यक्ष हरिबिकास जिसीले सिसिटिभी क्यामेराको दिगो सञ्चालन र मर्मत सम्भारका लागि गाउँपालिकाबाट सहयोग गरिने बताउनुभयो ।

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)