Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

769




पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा स्थापना
पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा स्थापना

पर्वत नेपालसंवाददाता जलजला गाउँपालिका पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले उद्घाटन गर्नुभएको हो उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि, उद्यम आर्थिक विकासमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो

ब्याजदर परिवर्तन भइरहने समस्याले उद्योगी व्यवसायीहरु मर्कामा परेको गुनासो बढेकाले यसतर्फ बैङ्क सञ्चालकहरुको ध्यानाकर्षण गराउनुभयो देशभर २७५ वटा शाखा, २८९ वटा एटिएम काउन्टर, ३९ वटा एक्टेन्सन काउन्टर २३ वटा शाखा रहित बैङकिङ सेवा सञ्चालन भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताउनुभयो

शाखाबाट निक्षेप संकलन, कर्जा लगानी, एटिएम, रेमिटेन्स लगायत वित्तिय सेवा प्रवाह गरिने प्रबन्धक गणेश पौडेलले जानकारी दिनुभयो क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माको अध्यक्षता, शाखा प्रबन्धक पौडेलको स्वागत स्वेता शेरचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, जलजला उपशाखाका कार्यबाहक अध्यक्ष चित्रराज रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, जलजला का वडा सदस्य शशी शर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)