Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 months ago

432




जनकल्याण मा.विको बार्षिकत्सव सम्पन्न, जलजलाको विकासमा सबै एकजुट हुनुपर्छ–अध्यक्ष मल्ल
loading...
जनकल्याण मा.विको  बार्षिकत्सव सम्पन्न, जलजलाको विकासमा सबै एकजुट हुनुपर्छ–अध्यक्ष मल्ल

पर्वत नेपाल–संवाददाता ।  पर्वतको जलजला गाउँपालिका नाग्लिवाङमा संचालित जनकल्याण मा.विको ५७ औँ बार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न भएको फागुन गतेवाट शुरु भएको बार्षिकत्सव कार्यक्रम आईतवार सम्पन्न भएको हो 

सो अवसरमा विभिन्न खेलकुद, साँस्कृतिक एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमको समापन गदै जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल रामकृष्णले जलजला गाउँपालिकाको विकासमा सवैले हातेमालो गर्नुपर्ने बताउनु भयो गाउँपालिकाको विकासमा प्रशासन देखी केन्द्रिय सरकारले हस्ताक्षेप गरेको भन्दै आफ्नो पाँच बर्षिय कार्यकालमा जलजलालाई समृद्ध बनाउने उद्घोष गर्नुभयो

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मल्लले विद्याथीहरुको मनोविज्ञान बुझेर ब्यवहारिक शिक्षा तर्फ विकास गर्न शिक्षक, विद्यार्थी अभिभावककोे महत्वपुर्ण भूमिका हुने बताउनु भयो विद्यालयभित्र विद्यार्थीले सिकेका ज्ञानहरु दैनिक जीवनमा लागु गर्दै समाजको लागि दक्ष जनशक्ति प्रमाणित गर्ने जिम्मा विद्यालयका शिक्षकको भएको भन्दै समय सन्र्दभ शिक्षालाई प्राथमिकता दिन आग्रह गर्नुभयो

कार्यक्रममा नाग्लिवाङका वडाध्यक्ष हरिविकास जिसी, जलजला गाउँपालिकाका शिक्षा अधिकृत झकप्रसाद गौतम, सेत व्यक्ति शुभन्तनाथ सुवेदी नेपाली काँग्रेस नाग्लिवाङका सभापति रामप्रसाद केसी, नेकपाका जिल्ला सदस्य सोमवहादुर जि.सी, नेकपाकी अर्की नेता अनिता रेग्मी, हरेमवहादुर खत्री, विद्यालयका पूर्व अध्यक्ष भिमवहादुर रेग्मी, युवा व्यवसायि विप्वल हमाल लगयातले बोल्नु भएको थियो

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद रेग्मीले विद्यालयका आथिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो विद्यालयका अध्यक्ष दुर्गावहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक कृष्णप्रसाद रेग्मी कार्यक्रमको संचालन शिक्षक गजेन्द्रवहादुर रेग्मीले गर्नुभएको थियो

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)