Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1870




कुश्मा बजारका भित्री सडक कालोपत्रे गर्न शुरु
कुश्मा बजारका भित्री सडक कालोपत्रे गर्न शुरु

फागुन ८ पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका मुख्य तथा भित्री सडक कालोपत्र गर्न थालिएको छ । नगरभित्रको ३ किलोमिटर सडक चालु आर्थिक बर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम शुरु भएको हो । बजारक्षेत्रका मुख्य सडक ८ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट स्वीकृति लिएको नगरपालिकाले मुख्य बजारक्षेत्रमा मापदण्ड कायम गरी काम सुरु गरेको हो । नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम ८ मिटर चौडा बनाउनेगरी सडक विस्तारमा जुटेको नगरपालिकाले जनाएको छ ।

कुश्माको सबै सडक कालोपत्रे गर्न सहरी विकास आयोजना मार्फत कुश्माका सबैजसो सडक कालोपत्रेका लागि आवश्यक रकम विनियोजन भइसकेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

यसअघि कुश्माको मुख्य बजारक्षेत्रको करिब ६ किलोमिटर सडक मात्रै कालोपत्रे थियो । सबै सडक कालोपत्रे गर्दा सदरमुकामको मुख्य बजारक्षेत्रको करिब ११ किलोमिटर सडक कालोपत्रे हुने कुश्मा–५ का वडाध्यक्ष चित्रकला शर्मा भारतीले बताउनुभयो । पहिलो चरणको ३ किलोमिटर कालोपत्रेको जिम्मा लिएका निर्माण व्यवसायी दीपक श्रेष्ठले आगामी जेठको अन्तिमसम्ममा सबै काम सकिने दाबी गर्नुभयो । वैशाखभित्र नालीको काम सकेर एक महिनामा कालोपत्रे गर्ने लक्ष्यअनुसार अघि बढेको श्रेष्ठले बताउनुभएको छ ।

कुश्माको बान्द्रेबिंडी, खरेहा, लोकतन्त्रचोक, मेलमिलापचोकलगायत कुश्मा ४, ५, ६ र ७ नम्बर वडाभित्र पर्ने सबैजसो सडक कालोपत्रेको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।

 

 


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)