Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

2 months ago

158




लुँखुमा सबै पानीको मुहान शुद्ध
loading...
लुँखुमा सबै पानीको मुहान शुद्ध



रोशन तिवारी फागुन २१ पर्वत । पर्वतको महाशिला गाउँपालिका ५ लुँखुमा खानेपानी शुद्ध रहेको पाइएको छ । वडा कार्यालयले ४३ वटा मुलको पानी परिक्षण गरेकोमा सबै पानीको मुल सफा रहेको पाइएको हो । पिईरहेको पानीमा कोलिफर्म लगायत अन्य फोहोर जन्य वस्तुहरु छन कि भनेर परिक्षण गरिएकोमा उपभोक्ताले पिउँदै आएको पानीको मुहानमा त्यस्ता कुनै समस्या नदेखिएको वडाध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिनुभयो । 

ग्रामीण खानेपानी तथा सरसफाई परियोजना संग समन्वय गरि वडाले खानेपानीको परिक्षण गरेको हो ।  तिनधारे, चिसापानी, ढम्डुरे, पश्चिम गाडे, कोलकाटे, लामे, छिपछिपे, वलभद्रे लगायतका पानीका मुलको परिक्षण गरिएको वडाध्यक्ष ठकुरीले बताउनुभयो । 

पहिलो पटक वडाले पानी शुद्धिकरणका पानीको गुणस्तर परिक्षण गरेको हो । वडाले अहिले वास योजना बनाउँदै छ । पञ्चवर्षिय योजना बनाईरहेको वडाले खानेपानीको मुल शुद्ध बनाउने कार्यक्रम तय गरेको छ । वडाभित्र पाँच वर्र्ष भित्र एक घर एक धारा जोड्ने योजना रहेको छ ।

वडामा ७७३ घरधुरीमध्ये करिव ३ सय घरमा पानीको धारा छैन । सबै घरमा धारा बनाउने काम शुरु भैसकेको छ । पानीको स्रोतहरु सुक्न नदिन मुल परिषरमा दुईवटा लाकुरीको बोट रोप्ने र पोखरी बनाउने योजना रहेको वडाध्यक्ष ठकुरीले बताउनुभयो । 


सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)