Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2116




महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न, १० वटा कानुन निर्माण
महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न, १० वटा कानुन निर्माण

फागुन ३०, पर्वत ।  महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न भएको छ । गाउँ सभाले १० वटा विभिन्न प्रस्ताव तथा ऐन कार्यविधिहरु पारित गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

गाउँ सभाबाट स्थानीय बन ऐन, बाताबरण तथा प्राकृतिक सोसरसफाइ ऐन, नगर प्रहरी ऐन, महाशिला बिकास स्वयंसेवक कार्यक्रम सन्चालन ऐन, उद्योग ब्यबसाय दर्ता ऐन, पारित गरेको छ । यसै गरी गाउँ सभाले सार्वजनिक निजि साझेदारी ऐन, सस्था दर्ता ऐन, शिक्षा ऐन संशोधन, स्वास्थ ऐन संशोधन र पुर्बाधार ऐन संशोधन समेत पारीत गरेको छ ।

 

गाउँ सभाले हाल बिश्व ब्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरुद्ध जनचेतनामूलक कार्यक्रम संचालन तथा औषधि आपूर्तिको लागि थप रकम समेत विनियोजन गरेको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए । यसै गरी गाउँपालिकाले उत्पादन महा अभियान कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको छ ।

 

यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले उत्पादनमुखी कार्यमा लगानी गर्ने र उत्पादनमा लाग्ने कृषकलाई सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)