Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 months ago

392




विद्यालयमा देखिएका समस्या न्यूनिकरण गर्न प्रधानाध्यापक सँग अन्तरक्रिया
loading...
विद्यालयमा देखिएका समस्या न्यूनिकरण गर्न प्रधानाध्यापक सँग अन्तरक्रिया

चैत्र १३, पर्वत । पर्वतको कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका प्रधानाध्यापकहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालयका समस्याहरु प्रत्यक्ष रुपमा सुन्ने र नगरपालिकाको शैक्षिक विकासको लागि के के गर्न सकिन्छ ? भन्ने बारेमा राय लिनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागी बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरुले आ आप्mना बिद्यालयमा रहेका समस्याहरुको बारेमा जानकारी गराउँदै नगरभित्रको शैक्षिक विकासका लागि गर्न सकिने कामहरुको बारेमा सुझाव दिनुभएको छ ।

अन्तरक्रियामा भनाई राख्ने प्रधानाध्यापकहरुले बिद्यार्थीको अनुपातको आधारमा नगरपालिकाभित्र यथासक्य छिटो शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, सामुदायिक बिद्यालयमा बिद्यार्थीहरु टिकाउन प्राथमिक तहको लागि निशुल्क खाजाको व्यवस्थापन हुनुपर्ने, अंग्रेजी र नेपाली माध्यमकका पाठ्यपुस्तकहरुमा एक रुपता हुनुपर्ने, बर्षको अन्त्यमा लिईने परीक्षा नगरभित्र एउटै हुनुपर्ने, शिक्षकहरुलाई मासिक रुपमा तलब निकासा गर्नुपर्ने, महिला शिक्षकले ९८ दिन प्रसुती बिदा पाउँदा त्यो बेलाका लागि सट्टा शिक्षक राख्न पाउनुपर्ने लगायतका मागहरु समेत राख्नुभएको छ ।

 प्रधानाध्यापकहरुबाट आएको सुझाव तथा गुनासाहरुको जवाफ दिँदै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शिक्षकमा ईमान्दारीता भएमा मात्र अबको शिक्षा प्रणाली कुशल बन्ने बताउनुभयो । अहिलेको अवस्थामा देशमा राजनीतिक मुद्धाहरु हराएकोले अब विकासका मुद्धामा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानाध्यापकहरुबाट आएका गुनासा र सुझावलाई संकलन गरी नगरपालिकाले सोही अनुसारका कार्ययोजना तयार पार्ने उहाँको भनाई थियो ।

यस्तै, कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्mले लामिछानेले शिक्षक नै समाजको बुद्धिजीवि वर्ग भएकोले शिक्षकको माध्यमबाट मात्र समाजको परिवर्तन सम्भव रहेको बताउनुभयो । यस्तै, नगरपालिका अन्तर्गत सामाजिक विकास शाखाका संयोजक शिवप्रसाद पौडेलले अन्तरक्रियामा उठेका कुराहरु गम्भीर भएको बताउँदै आँपूmले कार्यपालिकाको बैठकमा ती बिषयलाई उठान गर्ने प्रतिबद्धता जनाउनुभयो । अन्तरक्रियामा बोल्दै कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले नगरपालिकाले विकासका नाममा भौतिक निर्माणमा मात्र बढी बजेट जाने गरेको भन्दै शिक्षा क्षेत्रका लागि पनि उत्तिकै महत्वका साथ बजेट दिनुपर्ने उल्लेख गर्नुभयो ।

नगरभित्र रहेका शैक्षिक समस्यारुको निराकरण गर्नका लागि नगर शिक्षा शाखाले आप्mनो ठाउँबाट आवश्यक पहल र योजना निर्माण गरिरहेको उहाँको भनाई छ । यस्तै, कार्यक्रमका अध्यक्ष तथा कुश्मा नगरपालिकाका उपसचिव रुद्रनारायण सापकोटाले अन्तरक्रियामा प्रधानाध्यापकहरुले उठाउनुभएका मुद्धाहरु समसामयिक भएको बताउँदै तीनको बारेमा नगरपालिकामा छलफल गरेर आवश्यक निर्णय लिने बताउनुभयो ।

कार्यक्रममा लोक सेवा आयोगको कार्यालय बागलुङका प्रमुख गणेश पौडेल र नगर शिक्षा अधिकृत क्षेत्रीले बाल मैत्री बिद्यालय तथा बिद्यालय सुधारका लागि गर्न सकिने सम्भावनाका बारेमा आप्mना प्रस्तुतीहरु पनि राख्नुभएको थियो । शिक्षकका बिभिन्न पेशागत संगठनका प्रमुख तथा प्रतिनिधिहरुले पनि बोल्नुभएको कार्यक्रमको संचालन पत्रकार संजय रेग्मीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
Kushma Bazaar   248
सम्बन्धित समाचार ( स्थानीय तह)