Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2186




पर्वतमा नेकपाको एकता : कुश्मा नगरपालिकाको अध्यक्षमा शंकर गिरी
पर्वतमा नेकपाको एकता : कुश्मा  नगरपालिकाको अध्यक्षमा शंकर गिरी

चैत्र १७, पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुश्मा नगरपालिकाको एकता टुंगिएको छ ।

आइतवार कुश्मामा सम्पन्न भेलाले युवा नेता शंकर गिरीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । । कमिटिमा साविकका दुवै पार्टीबाट सहमतिको आधारमा सदस्यहरु चयन गरिएको बताईएको छ ।

यसैगरी शनिवार महाशीलामा सम्पन्न भेलाले विष्णुराम विकको अध्यक्षतामा ७१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको सचिबमा दुर्गा तमु रहनुभएको छ । जिल्लाका सात स्थानीय तह मध्ये यस अघि फलेवासमा कमिटि टुंगिईसकेको छ भने पैंयु, मोदी, विहादी र जलजलामा पनि छलफल चलिरहेको छ ।

भेलामा नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल, प्रदेश तथा जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो । प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मोती पौडेल, देवेन्द्रराज पाण्डे, भक्त कुँवर, पदमपाणी शर्मा, गगन थापा लगायतको सहभागितामा बसेको कार्यदलको बैठकले सर्वसम्मत रुपमा कमिटिको टुंगो लगाएको हो ।

यस अघि कुश्मामा सम्पन्न बैठकले जिल्लाका चार स्थानीय तहमा साविक एमाले र तीन स्थानीय तहमा साविक माओवादी केन्द्रको नेतृत्वमा कमिटि गठन गर्ने निर्णय गरेको थियो । जसमा फलेवास, महाशीला, पैंयु र मोदी साविक एमालेको भागमा र कुश्मा, जलजला र विहादी गाउँपालिका साविक माओवादीको भागमा परेको थियो ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)