
Correspondent, ParbatNepal
1 week ago
63

मंसिर १६, पर्वत । जलजला गाउँपालिका–५ स्थित पर्यटकीय गाउँ डाडाकटेरीलाई समेटेर तयार पारिएको गितको म्युजिक
भिडियो सार्वजनिक भएको छ । डाडाकटेरीका नारन पुनले तयार पार्नुभएको गितको म्युजिक भिडियो
युट्यव च्यानल लाइफ लाइन मार्फत सोमबार सार्वजनिक भएको हो । म्युजिक भिडियोमा डाडाकटेरी
गाउँका प्राकृतिक सम्पदा, पर्यटकीय स्थल, कला र संस्कृतिलाई समेटिएको छ ।
पाँच मिनेट समयको गितको म्युजिक भिडियो
गत भदौमा छायांकन गरिएको थियो । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत पर्ने
डाडाकटेरी गाउँको प्रचारप्रसार र पर्यटक भित्र्याउन गितको माध्यमबाट सहयोग पुग्ने अपेक्षा
गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव जीतबहादुर पुन (मगर कान्छा) ले जानकारी
दिनुभयो ।
नारन पुनको शब्द, रजनी रिदम राइको
स्वर, जी पुनको संगित तथा संयोजन, दिका गुरुङको निर्देशन र सान गुरुङको कोरीयोग्राफ
रहेको गितको म्युजिक भिडियोमा कल्पना लुङगेली मगर, अंशु गर्बुजा लगायत स्थानीय कलाकारहरुको
अभिनय छ ।