Correspondent, ParbatNepal
8 years ago
1813
पुष २७ पर्वत -
नेपाल विद्यार्थी संघ पर्वतले पनि हस्ताक्षर अभियान संकलन शुरु गरेको छ । विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य वीमाको माग गर्दै नेविसंघले देशभर हस्ताक्षर संकलन अभियान शुरु गरेको हो ।
नेविसंघ पर्वतले आज गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मा सँगै जिल्लाभरका सम्पूर्ण विद्याथी र स्थानियवासीको हस्ताक्षर संकलन गरेको जनाएको छ । नेविसंघले संकलन गरेको हस्ताक्षर भोली जिल्ला प्रशासन कार्यालय पर्वतमा बुझाईने भएको छ ।
भोलिका दिनमा कुनै पनि विद्यार्थीको उपचारको अभावमा स्वास्थ्य बिग्रिने अवस्थाको सिर्जना हुन नदिनका लागि तथा एउटा स्वस्थ्य नागरिकको विकास गर्नका लागि यो अभियान थालिएको नेपाल विद्यार्थी संघ पर्वतका विद्यार्थी नेता शिशिर शर्मा पौडेलले जानकारी दिनुभयो ।
नेविसंघले सरकारको लगानीमा निशुल्क स्वास्थ्य वीमा गर्नुपर्ने, देशभरका विद्यालयमा इ–लाईबेरीको व्यवस्था गर्नुपर्ने, प्राविधिक विद्यालयको स्थापना गर्नपर्ने लगायतका माग राखेको छ ।
