Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

11 months ago

908




नेवि संघको स्थापना दिवसमा बालबालिकालाई शैक्षिक सामग्री
loading...
नेवि संघको स्थापना दिवसमा बालबालिकालाई शैक्षिक सामग्री

बैशाख ७, पर्वत । नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा पर्वतको एक विद्यालयमा अध्ययनरत दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस ईकाई कार्य समितिले जलजला गाउँपालिको –८ नाग्लिवाङमा अवस्थित जनजागृती प्राथमिक विद्यालमा अध्ययनरत गरिव,दलित, विपन्न र जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

उक्त विद्यालयमा अध्ययनरत ४१ जना बालबालिकालाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस ईकाई सभापती शिशिर शर्मा पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशीले शिक्षामा राज्यको धेरै लगानी भएपनि उपलव्धी पर्याप्त नभएको गुनासो गर्नुभयो ।


शिक्षामा राज्यले पर्याप्त लगानी गदै व्यवस्थापनको क्षेत्रमा उचित ध्यान दिनुपर्ने बताउनु भयो कार्यक्रमका प्रमुख अतिथी समेत रहेको जोशीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि  सबैले पहल थाल्नुपर्ने बताउनु भयो । राज्यको लगनीले मात्र विद्यालय सुधार नहुने बताउँदै नेता जोशीले समुदायले पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । साथै नेपाल विद्यार्थी संघलाई परोपकारी क्षेत्रमा सक्रिय हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल‘रामकृष्ण’, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य इन्दु शर्मा, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदी, माओवादी केन्द्र पर्वतका सचिवलय सदस्य सोम जि.सी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलमवहादुर खड्का लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका नेता तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस ईकाई सभापती शिशिर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा स्वागत मन्तव्य विद्यालयकी प्रधानाध्यापक तारा महत र कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस ईकाई सचिव सन्तोष पाठकले गर्नुभएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )