Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

509




राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पाँच विद्यार्थीकाे अभिभावक
loading...
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पाँच विद्यार्थीकाे अभिभावक

बैशाख ७, पर्वत । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पाँच विद्यार्थीकाे अभिभावक

पर्वत, ६ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विभिन्न स्कूलमा पाँच विद्यार्थीलाई भर्ना गर्दै अभिभावककाे जिम्मा लिनुभएकाे छ। 
उहाँले गाेरखाका ५ वर्षीया अाकाश परियारलाई पाेखरा-५ पर्स्याङस्थित धर्मस्थली अाधारभूत विद्यालमा बुधबार भर्ना गरेर अभियान सुरु गर्नुभएकाे थियाे।

त्यसैगरी पाेखरा फिर्केस्थित फेवा पब्लिक स्कूलमा भावना नेपाली, पर्वत कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा सुहानी नेपाली, पातिचाैरस्थित देउपुर नमुना अावसीय माध्यमिक विद्यालयमा निकिता क्षेत्री, तिलाहरस्थित नवजाग्रित माध्यमिक विद्यालयमा अनुप जिसीकाे माध्यमिक तहसम्मकाे जिम्मेवारी लिनुभएकाे हाे।
उहाँले ती विद्यार्थीकाे पाठ्यपुस्तक, पाेशाक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै विद्यालय तहसम्मकाे शिक्षाका लागि अाफ्नाे सहयाेग रहने बताउनुभयाे।

उहाँले भर्ना अभियान १/२ जना विद्यार्थीका लागि नभई राष्ट्रलाई पूर्णरूपमा शिक्षित बनाउने उद्देश्यले सरकारले ल्याएकाे बताउँदै यसलाई सफल बनाउने जिम्मेवारी सबैकाे भएकाे बताउनुभयाे।

यस्तै नारायण उच्च मावि कुश्माले बिद्यालयको शैक्षिक गुणस्तरबृद्दि गर्न प्रवेश परिक्षा सहित भर्ना लिने अभियान थालेको छ । बिभिन्न निजि बिद्यालय र अन्य सामुदायिक बिद्यालयवाट आएका. ८५ जना बिद्याथीहरुलाई लिखित परिक्षा र मैखिक परिक्षा लिएको हो ।

कक्षा ६ मा २७,कक्षा ७ मा ११ ,कक्षा ८ मा २५ र कक्षा ९ मा २२ नयाँ बिद्यार्थी प्रवेश परिक्षामा समेल भएका थिए । बिद्यालयका अनुसार कक्षा ७,८ र ९ मा निजीवाट वढि मात्रमा र कक्षा ६ मा सामुदायिक बिद्यालयवाट आएका ह्न ।कक्षा ६ देखि १० कक्षा सम्म पढ्न चाहाने नयाँ बिधार्थीहरुका लागि प्रवेश परिक्षा सञ्चालन गरेको बिद्यालयले जनाएको छ ।

अन्य बिद्यालयमा राम्रो शैक्षिक प्रगती गर्न नसक्ने र कक्षा फडुकन बिद्यालय फर्ने परम्पराको अन्त्य गर्न अभियान शुरु गरेको बिद्यालयका प्रधानाध्यापक अम्बीका लोहनी आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )