Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

232




महाशिलामा दुग्ध संकलन केन्द्र स्थापना
महाशिलामा दुग्ध संकलन केन्द्र स्थापना

पुस ३, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा दुग्ध संकलन केन्द्र स्थापना भएको छ । स्थानीय गाईवस्तुको दूध संकलन गरि बजारीकरणमा किसानहरुलाई सहयोग गर्न महाशिला ५ वडा कार्यालयले दूध संकलन केन्द्र सञ्चालन गरेको हो ।


स्थानीय करिब पाँच सय घर परिवारको दूध एकिकृत रुपमा संकलन गरि बजार पठाउन शुरु भएको छ । महाशिला सामाजिक महिला उद्यमी,र सहकारीको ब्यबस्थापनमा हेफर इन्टरनेशनलको प्राविधिक सहयोगमा दूध संकलन केन्द्रको सुरुवात गरिएको हो । स्थानीय किसान माधव अधिकारीले गाउँमै बजार भएपछि राहत मिल्ने बताउनुभयो ।


संकलित दूध गाडी मार्फत सदरमुकाम हुँदै पोखरासम्म पुग्ने भएको वडा अध्यक्ष जीवन उचै ठकुरीले बताउनुभयो । ठकुरीले दूधले बजार पाउन थालेपछि किसान पशुपालनमा लाग्न प्रेरित हुने बताउनुभयो । दैनिक ५ सय लिटर दूध संकलन गर्नका लागि ५० जना भन्दा बढी ब्यवसायिक किसानहरु मिलेर चिलिङ भ्याट राखि किसानको संकलित दूध पोखरा पठाउने सोचमा रहेको ठकुरीले बताउनुभयो ।


किसानहरुले ६० रुपैयाँमा प्रतिलिटर दूध बिक्री गर्दै आएका छन् । संकलन केन्द्र स्थापनापछि किसानलाई दूध बिक्री नहुने समस्या टरेको स्थानीय मोहन पौडेलले बताउनुभयो ।

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)