Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1498




जलजलाको शान्ति आविमा पुस्तकालय स्थापना
जलजलाको शान्ति आविमा पुस्तकालय स्थापना

फागुन २५, पर्वत जिल्लाको जलजला गाउँपालिका भोटेडाँडा स्थित शान्ति आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरिएको पढ्ने बानीको विकास गराउने उद्देश्यसहित लायन्स क्लब अफ बेनी मल्लाज मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो

पुस्तकालय स्थापनाका लागि लायन्स क्लब मोनाराम फाउण्डेशनले करिब रु एक लाख ८७ हजार बढीको सहयोग गरेका छन् पुस्तकालयमा रु ३५ हजार बराबरको १८५ थान विद्यार्थी विद्यालयका लागि उपयोगी पुस्तक सहयोग गरिएको भने थप पुस्तक खरिद पुस्तकालयको स्तरोन्नतिका लागि रु लाख बराबरको अक्षयकोष स्थापना गरिएको लायन्स क्लब अफ बेनी मल्लाजका अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो उहाँका अनुसार, पुस्तकालयको लागि पुस्तक अक्षयकोष हस्तान्तरण कार्यक्रममा सहभागी लायन्सकर्मीहरुको तर्फबाट आर्थिक संकलन गरि विद्यालयलाई थप रु ५२ हजार २३० आर्थिक सहयोग गरिएको थियो

उक्त पुस्तकालयको शनिवार जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्वुजाले उद्घाटन गर्नुभएको पुस्तकले मानिसलाई अध्ययनशील बनाउने भएकाले विद्यालयमा स्थापना गरिएको पुस्तकालयको सदुपयोग गर्न उपाध्यक्ष गर्वुजाले विद्यार्थि विद्यालयलाई आग्रह समेत गर्नुभएको थियो

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)