Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1597




महाशिलामा बिदेशबाट फर्केकालाई क्वारेन्टाइनमा राखियो
महाशिलामा बिदेशबाट फर्केकालाई क्वारेन्टाइनमा राखियो

चैत ११ पर्वत पर्वतमा बिदेशबाट फर्किएकालाई क्वारेण्टाईनमा राखिएको जिल्लाको महाशिला गाउँपालिका लुँखुदेउरालीका जनालाई होम क्वारेण्टाईनमा राखिएको हो कोरोनाको विश्वव्यापी त्रास फैलिरहेको बेला बिदेशबाट आएका मानिसहरुमा संक्रमण हुन सक्ने भएकाले उनीहरुको लगत राखेर होम क्वारेण्टाईनमा राखिएको वडाध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिनुभयो

कतारबाट फर्केका जना भारतबाट फर्केका जनाको पहिचान गरि घरमै क्वारेन्टाईनमा राखिएको ठकुरीले जानकारी दिनुभयो गाउँमा रोग आउन अरु माध्यम नभएपनि वाहिर बाट आएकाहरु बाट सर्न सक्ने संभावना भएकाले गाउँमा आउनेहरुको बिबरण राखेर उनीहरुको प्रत्यक्ष निगरानी गरिएको ठकुरीले बताउनुभयो

कुनै पनि माध्यमबाट रोग आउन नदिन वडाले सचेतना फैलाईरहेका बेला गाउँ फर्किनेहरुबाट चुनौती देखेपछि उनीहरुलाई होम क्वारेण्टाईनमा पठाएको जानकारी दिएको बढि जमघट हुने लुँखु देउराली बजार, अन्य गाउँका चोक पसलहरुमा मानिसहरुको भीड हुन रोक लगाईएको वडाले निशुल्क रुपमा मास्क वितरण गर्ने काम पनि गरेको नियमित सावुनपानीले हात धुन अनुरोध गर्दै आएको ठकुरीले बताउनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( स्थानीय तह)