Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2814




कुश्मा नगरपालिकाले बिदेशबाट आएका मान्छे खोज्न थाल्यो
कुश्मा नगरपालिकाले बिदेशबाट आएका मान्छे खोज्न थाल्यो

चैत्र १२, पर्वत । कुश्मा नगरपालिकाले पनि बिदेशबाट आएका मानिसहरु खोजी गर्न थालेको छ । विदेशबाट आएका मानिसहरुको लगत संकलन गर्न वडाध्यक्षहरुले कोशिस गरेका छन् । विदेशबाट आएकाहरुबाट रोग सर्ने त्रास बढेपछि उनीहरुको लगत राख्न शुरु भएको हो । वडाध्यक्षहरुले फेसबुकमा सन्देश लेख्दै वडामा आएर आफ्ना घरमा बिदेशबाट फर्किएका कोहि भए जानकारी दिन अनुरोध गरेका छन् ।

 

कुश्मा बजारका कतिपय ठाउँमा बिदेशबाट आएका मानिसहरुले स्थानीय सरकारलाई जानकारी नदिई लुकेर बसेको भन्दै नागरिकहरुले विरोध गरेपछि वडाले खोजी गर्न शुरु गरेका छन् । विदेश बाट फर्किएकाहरु १४ दिन अनिवार्य रुपमा क्वारेण्टाईनमा बस्नुपर्ने सरकारले भनेको छ ।

 

कोरोनाको कुनै पनि लक्षण देखिएमा आईसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था गरेको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी  दिनुभयो । आज दिनभरीमा आफ्नो वडामा बिदेशबाट फर्किएका को को छन् उनीहरुको विवरण पठाउन भनिएको जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)