Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1433




सिँचाइको अभावमा खेतीयोग्य जमीन बाँझै
सिँचाइको अभावमा खेतीयोग्य जमीन बाँझै

बैशाख २७, पर्वत पर्वतको जलजला गाउँपालिका बाँस्कोटको ठूलो उव्जाउ भूमी सिँचाईको अभावमा बाँझो रहेको वास्कोटमा सिँचाईको आवश्यकता रहेको स्थानीयले बताएका छन्

 

करिब हजार हेक्टर क्षेत्रफलमा फैलिएको फाँटमा तीन खेती गर्न सकिने भएपनि किसानहरु पानीको अभावमा बाँझो राख्ने गरेका छन् केहि किसानहरुले पाईप मार्फत ल्याइएको पानी प्रयोग गरेर तरकारी खेती गर्दै आएका छन् यहाँ सिँचाईको सुविधा भएमा पर्वत जिल्लालाई नै तरकारीमा आत्मानिर्भर बनाउन सक्ने स्थानीय किसान दयालु गिरीले बताउनुभयो

 

सिँचाईको सुविधा माग्दै स्थानीयले संघीय साँसद देखि कृषि ज्ञान केन्द्र सिँचाई कार्यालयमा किसानहरु पटक पटक माग लिएर पुगेको बताए अहिले सिँचाई डिभिजन कार्यालयले सिँचाईका लागि सर्भे गरेको बताईएको तर सिँचाईको योजना अगाडी नबढ्दा किसानहरु आशाबादी हुन सकेका छैनन

 

स्थानीय सागर गिरी, बिनोद गिरीले कृषि ज्ञान केन्द्रले दिएको साना सिँचाई योजना बाट तरकारी खेती गर्दै आएका छन् उब्जाउ भूमी भएपनि पानीकै असुविधाले प्राय खेत बाँझो हुने गरेको किसान सागरले बताउनुभयो धाईरिङ जिल्लाकै सबैभन्दा बढि तरकारी खेतीका लागि पकेट क्षेत्र मानिन्छ उत्पादन गरेको तरकारी बजारीकरणमा समस्या नहुने किसानहरु बताउँछन्

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)