Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1563




जलजलाका १६ जना कृषकलाई ४२ हजार माछाका भुरा वितरण
जलजलाका १६ जना कृषकलाई ४२ हजार माछाका भुरा वितरण

जेठ १२, पर्वत जलजला गाउँपालिकाले आत्मनिर्भर समाजको निर्माण गर्न घरघरमा स्वरोजगार सिर्जना गर्न कृषि पशुपालनमा विशेष जोड दिने भएको विश्वभर फैलिएको कोरोना महामारी त्यसबाट अर्थतन्त्रमा पर्ने नकरात्मक असरलाई मध्यनजर गर्दै गाउँपालिकाले आय आर्जनका कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो गाउँको आर्थिक अवस्थालाई बलियो बनाउन रोजगारीको अवसर सिर्जना गर्न कृषि पशुपालनमा विशेष अनुदानको व्यवस्था गरिएको अध्यक्ष मल्लले भन्नुभयो


 

यही कार्यक्रम अन्तरगत गाउँपालिकाले शुक्रबार मात्रै ४२ हजार कमन कार्प जातका भुरा वितरण गरेको पशु सेवा शाखा पर्वतको आर्थिक वर्ष २०७६र०७७ को कार्यक्रम अन्तरगत १६ जना कृषकका २४ वटा पोखरीका लागि भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा संयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो गाउँपालिकाले कृषकको मागका आधारमा अझै ३५ हजार भुरा खरिद गरि वितरण गर्ने तयारीमा रहेको संयोजक श्रेष्ठले वताउनु भयो


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)